भोटेकोशी बाढीपीडितका लागि टाइम फर्मास्युटिकल र एचके भीजेएमको ५४ लाख सहयोग

चितवन । टाइम फर्मास्युटिकल लिमिटेड र हङकङस्थित उसको अन्तर्राष्ट्रिय व्यावसायिक साझेदार एचके भीजेएम (HK VJM) लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५४ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन्। भोटेकोशी बाढीलगायत प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले दुवै संस्थाले उक्त रकम प्रदान गरेका हुन्।

टाइम फर्मास्युटिकलले २३ लाख ६३ हजार रुपैयाँ र एचके भीजेएमले २० हजार अमेरिकी डलर अर्थात् करिब ३० लाख ६२ हजार रुपैयाँ सहयोग गरेका हुन्।

सहयोग रकम टाइम फर्मास्युटिकलका अध्यक्ष डा. जि नारायण बहादुर क्षेत्रीले चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत हस्तान्तरण गर्नुभएको हो। रकम हस्तान्तरण कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवि सुवेदीको समेत उपस्थिति थियो।

अध्यक्ष क्षेत्रीका अनुसार विपद्का समयमा प्रभावित नागरिकलाई सहयोग गर्ने सामाजिक उत्तरदायित्वअन्तर्गत टाइम फर्मास्युटिकल र उसका अन्तर्राष्ट्रिय व्यावसायिक साझेदारले संयुक्त रूपमा योगदान गरेका हुन्।

प्राकृतिक विपदबाट जनधनको क्षति भएका क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक भइरहेका बेला निजी क्षेत्रबाट आफ्नो तर्फबाट योगदान गरिएको क्षेत्रीले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!