भाषिक अधिकारको सवाल—० कृष्ण प्रजापति

० कृष्ण प्रजापति

भाषा मानव अधिकारको अमूल्य निधि हो । भाषा एउटा तयार हुनका लागि सयौं हजारौं वर्ष लाग्दछ । यस्तो भाषा देशको मात्रै होइन कि मानव सभ्यताकै अमूल्य सम्पत्ति हो । त्यसलाई बचाउनका लागि सबै देशहरुले आ आफ्नो तरिकाले प्रयास गरिरहेको हुन्छ । हाम्रो देश नेपाल विविधभाषा, जाति र संस्कृतिले भरिएको देश हो । एक हिसाबले यस्तो सानो फुलबारी भएर पनि विभिन्न खालका फुल भएको बगैंचा जस्तो हाम्रो देश यो हिसाबले अति सुन्दर देश पनि हो । तर यहाँ सरकारी नीति गलत भएका कारण समय समयमा सुन्दर बगैंचाका यी फुलहरु हुर्कने बढ्ने कार्यमा भने अवरोध खडा गरेको हामी पाउँछौं । देशमा पृथ्वीनारायण शाहको आक्रमण पछि एक हिसाबले खस् भाषालाई मात्रै एकछत्र रुपमा मान्यता प्रदान गरी उपत्यका भित्रको बैभबशाली संस्कृति बोकेको नेपालभाषालाई दमन गर्ने नीति सुरु भयो । त्यसलाई निरन्तरता दिने कार्य १०४ वर्ष लामो राणा शासकले गरे । त्यसैले पनि यो देशमा पुरानो र विकसित देशको समृद्ध भाषा नेपालभाषा आज पछि पर्न गएको अवस्था छ ।

बेलायती साम्राज्यवादले संसारभर आफ्नो साम्राज्य बिस्तार गरिरहेको बखत शेक्सपीयर जस्ता विश्वप्रसिद्ध साहित्यकारले नाटकीय माध्यमबाट सरल अंग्रेजी भाषा साहित्यको माध्यमबाट एक हिसाबले भाषिक साम्राज्य ्फैलाउन सफल भएकोले आज अंग्रेजी भाषा विश्वभर प्रचलनमा आएको हो । त्यसैगरी हाम्रो देशमा पनि शासक पृथ्वीनारायण शाहले साना तिना गणराज्यहरुलाई निमित्यान्न पारी गोरखा राज्य बिस्तार गरेको समयमै जन जनको मनमा पर्न सक्ने गरी सरल नेपाली भाषामा अनुवाद गरिएको रामायण जस्तो उत्कृष्ट सरल साहित्य घर घरमा बाचन गर्ने चलन ल्याएर भानुभत्तफ् आचार्यले एक हिसाबले खस् नेपाली भाषालाई फैलाएका कारणले मात्रै नेपाली भाषा देशभर फैलिन पुगेको हो । नभए त्यो भन्दा अगाडि त पूर्वी नेपालमा गयो भने राई लिम्बुहरुले बोल्ने राई भाषा मात्रै प्रचलनमा थियो । पश्चिमतिर गएको खण्डमा गुरुंग भाषा मात्रै सबैले बोल्ने भाषा हो । काठमाडौं उपत्यका त नेपालभाषा बोल्ने नेवाः समुदायको एकछत्र कायम रहेको ठाउँ भै हाल्यो । कहाँ थियो र नेपाली भाषा बोल्ने जाति ? उत्कृष्ट भाषा र विकसित भाषा त नेपाली भाषा भन्दा पहिलो नै मैथिली भाषा र नेपालभाषा बोल्ने समुदाय थियो । उनीहरु साहित्य, संस्कृति, सभ्यता सबै भएको जाति हो । पफ्गत बन्दूकले साम्राज्य पफ्लौएका कारण भाषिक रुपमा पनि साम्राज्य पफ्लौउने कार्य विश्वभर शेक्सपीयरले गरे भफ्ैं नेपालमा भने भानुभत्तफ् आचार्यले गरी देखाएको पाइन्छ । जुन अहिले पनि कायम छ ।

आज नेपालमा जनगणना लिएको बखत बढी खस नेपाली भाषा बोल्ने देखाएको छ । तामांग, नेवाः, राई, लिम्बु जस्ता जनजातिले समेत तिम्रो भाषा कुन हो भन्ने बेला नेपाली भाषा भन्ने गरेको पाइन्छ । वास्तबमा नेपाल भित्र बोल्ने सबै भाषाहरु नेपाली भाषा नै हुन् । तर यहाँ नेपाली भाषा भन्ने बिटिक्कै खस् नेपाली भाषालाई मात्रै ईंकित गर्ने चलन सुरु भएको छ । त्यसो हो भने खस् भाषा छाडेर मैथिली, तामांग, नेपालभाषा के गैर नेपाली भाषा भयो त ? यो अवश्य होइन । त्यसैले भाषा बोल्ने स्वतन्त्रता हामी सबैलाई हुनै पर्दछ । पढ्ने पाठ्यत्रफ्म र पाठ्य सामग्री पनि नेपालमा बोल्ने विविध भाषाहरुमा तयार गर्नु आवश्यक छ । आफ्नो मातृभाषा छाडेर अर्को भाषाबाट पढ्न बाध्य भएपछि नै जनजातिहरु एक तह पछि पर्ने गरिन्छ । यही हुर्केको, यही विकास भएको र यहाँको माटोमा सिर्जना भएको भाषालाई त्यसरी हेला होचा गर्न पाइन्न । सरकारी नीति गलत भएको कारण यो अवस्था सिर्जना भइरहेको छ । नेपालभाषा, राई लिम्बुहरुको भाषा लिपि समेत भएको अमूल्य भाषा हो । तर त्यसलाई सरकारले मान्यता नदिइकन भारतबाट आयातित देवनागरी लिपिलाई यहाँ मान्यता दिएर खस् नेपाली भाषालाई मात्रै यहाँ बढी प्रश्रय दिएका कारण मातृभाषा बोल्ने समुदाय कम हुँदै गइरहेको हो ।

मैथिली साहित्य नौ सय वर्ष पुरानो भनिन्छ । नेपालभाषा कमसेकम पनि छ सात सय वर्ष पुरानो देखिन्छ । यसरी लिखित साहित्य समेत भएको थुप्रै थ्यासफु ूपनि भएको भाषा नेपालभाषा हो । सभ्यता, संस्कृति र चाल चलन हेर्ने हो भने पनि नेवाः सभ्यता संस्कृतिलाई नेपाल देशको सभ्यता संस्कृतिबाट झिक्ने हो भने यो देश सांस्कृतिक रुपले खो्क्रो हुन्छ । त्यसैले नेपालको संस्कृति भनेकै नेवाः संस्कृति हो । त्यस खालको अति विकसित संस्कृति हेर्नका लागि आजसम्म पनि विदेशी पर्यटकहरु नेपाल भित्रने गरेका छन् । यसबाट हामीलाई केही मात्रामा आर्थिक लाभ पनि भइरहेको छ । नेपाली गौरव उकास्ने कार्यमा यति धेरै योगदान दिइरहेको नेपालको मूल सभ्यताको रुपमा रहेको नेपालभाषालाई उकास्ने कार्य भने भएको छैन ।

आज देशमा संघीयता आइसकेको छ । कानूनी रुपमा भाषिक अधिकार कायम भइसकेको छ । यो समयमा समेत हामीले यदि नेपाली गौरवलाई उकास्न सकिएन भने भाषालाई पाठयक्रममा र ब्यवहारमा प्रयोग गर्न सकिएन भने आज कमजोर हुँदै गइरहेको जनजातिहरुको भाषा भोलि लोप हुने सम्भावना रहन्छ । एक एक वटा भाषा सिर्जना हुनको लागि कति मानिसहरले मेनहन गरेका हुन्छन् । तर त्यो त्यसै मर्ने अवस्था सिर्जना हुन सक्दछ । यसरी अमूल्य भाषा मृत्यु शैयामा पुग्नु भनेको अत्यन्ते महंगो वा किन्न समेत नसकिने अमूल्य सम्पत्ति नाश भएको सम्झनु पर्दछ । त्यसैले पनि नेपालमा रहेका हरेक भाषालाई जोगाउनको लागि सरकारी स्तरबाट र स्थानीय स्तरबाट पनि पहल गर्नु आवश्यक छ । हाम्रो देश कम भूगोल ओगटेको वा सानो देश भएपनि यहाँ विविध भाषा, विविध जाति र विविध कला संस्कृतिको अनुपन स्थान हो । यसलाई थप विकास गर्नको लागि हाम्रा राजनेताहरुले पहल कदमी उठाउनु पर्दछ । यसलाई टाउको दुखाइको विषय मान्नु हुन्न । विविध भाषा, विविध संस्कृति र विविध जातिको कला यहाँको अमूल्य सम्पत्ति हो । यसलाई जोगाउनु हामी सबैको कर्तब्य हो ।

देशको हरेक विकास निर्माणको लागि तथ्यांक आवश्यक चीज हो । यस त्रफ्ममा हामीकहाँ वित्रफ्म संवत १९६८ सालदेखि राष्टिय जनगणना गर्ने चलन सुरु भयो । यस क्रममा यो वर्ष बल्ल गत वर्ष लिएको राष्टिय जनगणताको परिणाम प्रकाशित गरेको छ । त्यसमा नेवाः समुदायको जनसंख्या १० लाख भन्दा कम देखाएको छ । यसरी उपत्यका भित्र र बाहिर बराबरीको संख्याम रहेका पुरानो सभ्य जाति नेवाः समुदायको लागि नेपाल सरकारले कस्तो नीति लिएर संरक्षण गर्ने भन्ने कुरा भने केन्द्रीय सरकार र स्थानीय सरकारले पनि निर्धारण गर्न सकिरहेको छैन ।

#लेखकको ब्यक्तिगत बिचार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!