मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

काठमाडौँ, साउन १५ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) दोस्रो तहको परीक्षा मधेश प्रदेशमा उत्पन्न असहज परिस्थितिका कारण स्थगित भएको छ।

व्यवस्थापन संकाय, डीनको कार्यालयले पूर्वनिर्धारित परीक्षा तालिकाअनुसार सञ्चालन हुन लागेको Marketing Management विषयको परीक्षा मधेश प्रदेशका ११ परीक्षा केन्द्रमा स्थगित गरेको जनाएको हो।

त्रिविले एक सूचना जारी गर्दै विशेष परिस्थितिका कारण स्थगित परीक्षा नयाँ मिति पछि प्रकाशन गरिने जानकारी दिएको छ। उक्त विषयबाहेक एमबीएसका अन्य विषयका परीक्षा भने पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुने त्रिविले स्पष्ट पारेको छ।

स्थगित भएका परीक्षा केन्द्रहरूमा रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुर, सर्लाही क्याम्पस मलंगवा, जनज्योति बहुमुखी क्याम्पस लालबन्दी, सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिरहा र जेएस मुरारका बहुमुखी क्याम्पस लहान रहेका छन्।

त्यसैगरी महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराज, नेशनल पिपुल कलेज कञ्चनपुर, जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर, गौरीशंकर यादव रौतहट क्याम्पस गौर, सिमरा कलेज बारा र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज केन्द्रमा पनि परीक्षा स्थगित गरिएको छ।

त्रिवि व्यवस्थापन संकायले सम्बन्धित विद्यार्थी तथा परीक्षा केन्द्रलाई स्थगित परीक्षासम्बन्धी जानकारी लिन र आगामी परीक्षाका लागि आवश्यक तयारी गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!