श्रावण ३२, २०८० बिहीबार
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.दीपककुमार खरालले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले पूर्व कार्ययोजना बनाएको बताउनुभएको छ ।
बिहीवार संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति समितिमा पशु सचिव खरालले पशुुमा लाग्ने लम्पी स्किन रोग नियन्त्रणका लागि कार्ययोजना बनाएर सरकारको केन्द्रिय अनुगमन तथा मुल्याङ्कन समितिमा पेस गरिसकेको जानकारी दिनुभयो । उहाँले कार्ययोजनमा रोग नियन्त्रणका लागि पूर्वतयारी, खोप अभियान सञ्चालन र देशभित्रै खोप उत्पादनका विषय समेटिएको बताउनु भयो । खरालले भदौसम्म पूर्व तयारीका सम्पूर्ण कार्यक्रम सम्पन्न गर्ने र माघसम्म पूर्ण खोप अभियान सञ्चालन गर्ने सोच रहेको बताउनु भयो । सरकारले राहतको सशक्त माध्यम पशुधन बीमा भएपनि यो प्रभावकारी नभएको स्वीकार गर्नुभयो । उहाँले कार्ययोजना सञ्चालन गर्न ६५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको बताउनु भयो ।