नेपाली काँग्रेसकी सांसद आरजु राणा देउवाले सरकारले पशुमा लाग्ने रोगहरुको अनुसन्धान गर्न जरुरी रहेको बताउनुभएको छ ।
बिहीवार संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसद राणाले अहिले पशुहरुमा विभिन्न रोगहरु लागिरहेको भन्दै पशुमा लाग्ने रोगहरुको अनुसन्धान गर्न जरुरी रहेको बताउनुभएको हो । उहाँले उपयुक्त पशु ल्याव स्थापना गर्न सरकारलाई सुझाव दिनुभयो । उहाँले नेपाललाई कृषि प्रधान देश भनिएपनि उपयुक्त पशु ल्याव नहुनु दुःखद् पक्ष रहेको बताउनु भयो । सांसद राणाले यो रोग मान्छेमा पनि सर्छ की क्या हो ? भन्दै प्रश्न गर्नुभयो ।
राणाले भन्नुभयो, ‘भ्याक्सिनका लागि ल्याव तयार पार्न मन्त्री ज्युले शुन्य बजेट छ भन्नुभएको छ । राम्रो पशु ल्याव ल्याउन सरकारलाई सुझाव दिनुपर्ने देख्छु मैले । हामी कृषि प्रधान देश भन्छौं तर, पशु स्वास्थ्य ल्याव राम्रो छैन भनिरहेका छौँ । यो रोगपछि के के आउँछ त ? सरकारले पशुमा लाग्ने रोगहरुको अनुसन्धान गर्न जरुरी छ । यो त त भेक्टर डिजीज रहेछ । किर्नाबाट पनि हुुने, लामखुट्टेबाट पनि हुने, डर चाही मलाई के लाग्यो भने यो रोग मान्छेमा पनि सर्छ की क्या हो । धेरै रोगहरु जलवायु परिवर्तनले गर्र्दा लाग्ने गरेका छन् । ह्युमन ट्रान्सफर हुने चान्सपनि देखिइरहेको छ । पशु भ्याक्सिन उत्पादन गर्ने कुरा राम्रो हो । पशु पारासिटामोल समेत नपाएर मरेको भन्नेछ । सबैभन्दा धेरै गरिब ठाउँमा पशु संक्रमण भएको देखिएको छ । गरिब र धनि ठाउँमा न्याय दिलाउने गरि सरकारले राहत दिनुपर्छ । स्थानीय सरकार र प्रदेश सरकारसँग कत्तिको समन्वय गर्नुभएको छ ?’
बैठकमा नेकपा एमालेका सांसद अमृतलाल राजवंशीले लम्पी स्किनलाई जरैदेखि निर्मुल गर्न सरकारले योजना बनाउनुपर्ने बताउनु भयो । उहाँले सरकारले लम्पी स्किन बिरुद्धको खोप ल्याउन सरकारले ठोस योजना याउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘लम्पी स्किनलाई जरैदेखि निर्मुल गर्न सरकारले योजना बनाउनुपर्ने देखिन्छ । लम्पी स्किन बिरुद्धको खोप ल्याउने ठोस योजना सरकारले ल्याउनुपर्छ । इण्डियाले नदिएको खण्डमा तुरुन्त अर्को देशबाट ल्याउने व्यवस्था गर्नुपपर्छ । लम्पी स्किनले महामारीको रुप लिएको छ ।’
सांसद्हरुले पशु बीमा कार्यक्रम प्रभावकारी नहुँदा किसानहरु मर्कामा परेको बताएका छन् ।