काठमांडौ, भाद्र ९, २०८०ः
रत्न काजी प्रजापति
नेपाल सरकारले पशुपंक्षी सँग सम्बन्धित करिब २० निकायहरुको बजेट शुन्यमा पुर्याएको भन्दै नेपाल भेटेरीनरी एसोसियसनको अगुवाईमा पशुपंक्षी तथा मत्स्य क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुले आफ्नो धोषित आन्दोलन जारी राखेको अबस्थामा उक्त आन्दोलन प्रति नेपाल पशुपंक्षी औषधि बजार प्रतिनिधि संघले एक्यबद्द्ता जनाएको छ। संघले आज एक बिज्ञप्ति मार्फत उक्त एक्यबद्द्ता जनाएको हो।
संघका काठमांडौ शाखाका अध्यक्ष सन्तोष बस्नेतद्वारा जारी उक्त बिज्ञप्ति अनुसार संघका काठमांडौ लगायत बिर्तामोड, नारायणघाट, जनकपुर,बिरगंज र पोखरा शाखाले उक्त आन्दोलन प्रति एक्यबद्दता जनाऊदै आन्दोलनरत सरोकारवालाहरुको माग यथाशिघ्र पुरा गर्न माग गरेको छ।
शुन्य बजेटका कारण पशुपंक्षी क्षेत्रका सम्बन्धित पक्ष हरुलाई बिभिन्न कामकारवाही र औषधिको बजारीकरणमा समेत असर परेको परीप्रेक्ष्यमा भेटेरीनरी क्षेत्रका सरोकारवाला निकायहरुको माग यथाशिघ्र पुरा गर्न जोडदार माग गर्दछौ। बिज्ञप्तिमा भनिएको छ।
सरकारले २०८० जेष्ठ १५ गते प्रस्तुत गरेको बजेट वक्तव्य मार्फत पशुपंक्षी सँग सम्बन्धित बिभिन्न निकायहरु, पशु क्वारेन्टाइन कार्यालयहरु, पशु रोग अन्वेषण प्रयोगशालाहरु, केन्द्रिय रेफरल पशु चिकित्सालय, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला,खोरेत तथा सिमा बिहिन पशु रोग अन्वेषण प्रयोगशाला, सार्क क्षेत्रिय सहयोग इकाई कार्यालय, पशु आनुबांशिक स्रोत केन्द्रहरु, राष्ट्रिय दुग्ध विकास वोर्ड लगायतका कार्यालयको बजेट शुन्य अवस्थामा पुर्याएको थियो। त्यसको बिरोध स्वरुप पशुपंक्षीसंग सरोकार राख्ने करिब १२ संघ संस्थाहरुले चरणबद्द आन्दोलनको घोषणा गरेका थिए। यो आन्दोलनलाई यस क्षेत्रका कर्मचारी संगठनहरुले समेत एक्यबद्द्ता जनाई सकेको छ।
आन्दोलनरत संघ संस्थाहरुले भोलि त्रिपुरेश्वोरबाट र्याली शुरु गरि नया बानेश्वोरमा पुगि धर्ना तथा सभा गर्ने कार्यक्रम रहेको नेपाल भेटेरेनरी एसोसियसनका केन्द्रिय महासचिब डा केदार सुबेदिले जानकारी दिनु भयो।
नेपाल भेटेरिनरी एसोसियसनको अगुवाईमा नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघ, नेपाल पशुपंक्षी औषधि पैठारीकर्ता संघ, नेपाल दाना उद्योग संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल पारा भेटेरिनरी एण्ड लाईभस्टक एसोसियसन, नेपाल एनिमल साइन्स एसोसियसन, नेपाल पशु स्वास्थ सेवा प्राबिधिक संघ, नेपाल लेयर्स कुखुरापालक संघ, डेरी उद्योग संघ, भेटेरिनरी अभ्यासकर्ता संघ नेपाल र भेटेरीनरी पब्लिक हेल्थ एसोसियसन नेपालको संयुक्त पहलमा आन्दोलनका कार्यक्रमहरु जारी रहेको छ।
