आत्मनिर्भर भैसकेको कृषि ब्यबसायलाई सरकारले थप प्रबर्द्धन गर्न आबश्यक
काठमाडौ भाद्र १०, २०८०:
रत्न काजी प्रजापती
नेपाल दाना उद्योग संघका केन्द्रिय अध्यक्ष रबिन पुरीले ब्यबसायीहरु आफ्नो ब्यबसाय छोडेर सडकमा आउदा समेत सरकारको नजरमा नपर्नु दुर्भाग्यपूर्ण भएको बताउनु भयो ।
पशुपंक्षीसँग सम्बन्धित निकायहरुमा शुन्य बजेटको बिरुद्द नेपाल भेटेरीनरी एसोसियसनको अगुवाईमा विभिन्न संघ संस्थाहरुको सहभागीतामा भएको बिरोध सभालाइ आज बानेश्वरमा सम्बोघन गर्नु हुँदै अध्यक्ष पुरीले स्वदेशमा नै लाखौ रोजगारी सिर्जना गरेको पोल्ट्री ब्यबसायलाई कसरी अझै बढी रोजगारी सिर्जना गरि थप आत्मनिर्भर बनाउन सकिन्छ भन्ने तर्फ सरकारले ध्यान दिनु पर्ने कुरामा जोड दिनु भयो ।
शून्य बजेटका कारण क्वारेन्टाइन कार्यालयहरु बन्द हुदा दाना ब्यबसायीहरुले आयात गरेका मकै भटमासहरु भन्सारमा अलपत्र परेको भन्दै अध्यक्ष पुरीले सरकारले ब्यबसाय गर्नको लागि सहज बाताबरण बनाउनुको सट्टा ब्यबसायीलाई कसरी गाह्रो बनाउने भन्ने नियत राखेको आरोप लगाउनु भयो ।
आगामी दिनमा भेटेरिनरी डाक्टरहरुले भेटेरिनरी प्रमाणपत्र जारी नगर्दा एक दिने चल्ला एब जिउदो कुखुराको बिक्रीवितरणमा ठूलो समस्या आउने भन्दै उहाले बिषयको गाम्भिर्यतालाई बुझेर सरकारले छिटो भन्दा छिटो बार्ता मार्फत समस्याको समाधान गर्न आबह्वान गर्नु भयो।