जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान गर्न पाउँदा गर्वको अनुभुति भएको छः प्रधानमन्त्री दाहाल

भाद्र १०, २०८० आइतबार

प्रधानमन्त्री पुष्पकमल दाहालले स्वर्गीय जेबी टुहुरेलाई जनगायकको रुपमा राष्ट्रिय सम्मानको उपाधि प्रदान गर्न पाउँदा आफूलाई गर्वको अनुभुति भएको बताउनुभएको छ ।

स्वर्गीय जनगायक टुहुरेको दोस्रो स्मृति दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री दाहालले नेपालको बाम–लोकतान्त्रिक आन्दोलन र सांगितिक तथा सांस्कृतिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएकै कारण आफू नेतृत्वको सरकारले भर्खरै उहाँलाई सो उपाधि प्रदान गरेको पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले जनगायक टुहेरेकै जनवादी प्रगतिशील गीत गाउँदै आफूले राजनीतिक यात्रा शुरु गरेको पनि दोहो¥याउनु भयो । जनगायक टुहुरेले नेपालको राजनीतिक, सांगीतिक र सांस्कृतिक क्षेत्रमा पु¥याउनुभएको योगदान भावी पुस्ताका लागि समेत प्रेरणाको स्रोतको रुपमा रहिरहने बताउनु भयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘नेपालको बाम–लोकतान्त्रिक राजनीतिक आन्दोलन एवं सांगीतिक उहाँले पु¥याउनुभएको विशिष्ट योगदानकै कारण भर्खरै बसेको मन्त्रीपरिषद बैठकले जेबी टुहुरेलाई जनगायकको राष्ट्रिय सम्मान प्रदान गरेको छ । यसका निम्ति यहाँहरु सबैलाई बधाई ज्ञापन गर्दै उहाँलाई जनगायकको राष्ट्रिय सम्मान प्रदान गर्ने ऐतिहासिक अवसर प्रदान गरेकोमा गौरव महशुस गरेको कुरा समेत यहाँहरुको अगाडि राख्न चाहन्छु । स्मृति ग्रन्थ जेबी टुहुरेको जन्म, कर्म र विचारहरुको विविध आयामहरुको विभिन्न कोणबाट विश्लेषण, संश्लेषण गरिएको छ । समग्र पुस्तक पढदा टुहुरेको चेतना राम्रैसँग स्मरणमा ल्याई दिन्छ । यसले टुहुरेको समग्र जीवन बुझ्न र यसबाट शिक्षा लिन प्रेरित गरिरहनेछ ।’

प्रधानमन्त्री दाहालले जनताका गायकको रुपमा जेबी टुहुरेले दिएको विचारले आफूलाई शान्ति प्रक्रियामा आएपछि अझ धेरै प्रभावित तुल्याएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!