विराट गुथिको ५३ औं साधारण सभा सम्पन्न

भक्तपुर २३ भाद्र । राम चन्द्र प्रजापति ।

जातीय स्वतन्त्रता यता क्वतिल राष्ट्रिय उथान जुय फैमखु (जातीय स्वतन्त्रतालाई दवाई राष्ट्रिय उथान हुन सक्दैन)भन्ने नाराका साथ आज ५३ औं विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको बार्षिक साधारण सभा  विराट गुथिका अध्यक्ष महेन्द्र गोपाल कर्मचार्यको सभापतित्वमा जिल्ला समन्वय समिति भक्तपुरको सभाहलमा सम्पन्न भयो।

विराट गुथिका सल्लाहकार लोकेन्द्र ब्रजाचार्यको प्रमुख अतिथ्थतामा सम्पन्न कार्यक्रममा बोल्दै विराट गुथि ५१ औं सम्मेलन सव्य र भव्य रुपमा सम्पन्न गर्न सकोस् भनी कामना गर्दै भाषिक तथा साहित्यक साहित्यकारहरु विराटले धेरै जन्माएको बताउनु भयो। विराट गुथिको आफू अध्यक्ष हुँदा विराट गुथिबारे धेरै कुराहरू खोज आध्ययन गरेको बताउनु भयो।

गुथिका सल्लाहकार त्रिरत्न शाक्यले विराट गुथिको विधानको उदेश्य अनुसार अगाडी बढीरहेको छ ती उदेश्य पूरा गर्न नियमीत सकृय रहन आग्रह गर्नु भयो। सह सचिव सुलोचना सैंजु, सदस्य हिरण्यप्रताप सांगामी लगाएतले नेपाल भाषा र नेपाल भाषा साहित्य सम्मेलन विराट गुथी सम्बन्धि आ आफ्नो धारणा राख्नु भएको थियो।

साधारण सभामा गुथिका सचिव प्रदिपरत्न शाक्यले आ.व. २०७९/८० मा सम्पन्न भएका  २१ वटा बुंदामा प्रस्तुत गर्नु भएको प्रगति प्रतिवेदन र आगामी दिनमा गर्ने कार्यक्रम र गुथिका कोषाध्यक्ष राम गोपाल चगुठीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन सर्वसहमतीले पारित गरियो।

कार्यक्रमका सभापति एवं गुथिका अध्यक्ष महेन्द्र गोपाल कर्माचार्यले विराट गुथिको आफ्नै भवन निर्माण भइ रहेकोले भवन निर्माण गर्ने काम अझ केही काम बाकी भएकोले आर्थिक सहयोग गर्न अनुरोध गर्नु भयो ।अध्यक्षले विधान संशोधन प्रस्ताव राख्नु भएकोमा सुझाव सहित सभाले पारित गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!