भक्तपुरका प्रमुख जिल्ला अधिकारीको समय अगावै सरुवा

भक्तपुर, भाद्र २५, २०८०ः
कृष्ण किसि

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको समय अगावै सरुवा भएको छ। हालै मध्यपुर थिमिको सानो थि्मिमा घटेको युसेप घटनाका कारण भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको जनाइएको छ । उनको गृह मन्त्रालयमा सरुवा भएको हो ।७ महिनादेखि भक्तपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका रिजालको समय अगावै सरुवा भएको हो ।

युसेप घटनामा एकजना बालकको मृत्यु भएपछि सुरक्षा निकायले सम्भावित घटना आँकलन गर्न नसक्दा भएको गम्भीर घटनाका कारण उनको समय अगावै सरुवा भएको गृह मन्त्रालय स्रोतले जनाएको छ । शालीन व्यक्तित्वका घनि रिजालले समयमा नै सम्भावित घटनाको आँकलन गर्न नसक्दा यहि भाद्र ३ र ४ गते भएको घटनाका कारण उनी ७ महिनामा नै सरुवा भएको बताइएको छ ।

गृह मन्त्रालयले रिजालको ठाउँमा सहसचिव रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ । उनलाई गृह मन्त्रालयमा फाजिलमा तानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!