नक्कली सर्टिफिकेटको विगविगी, राष्ट्रिय आवास कम्पनीको महा प्रवन्धक नियुक्तीमा चलखेल भएको आशंका

काठमाडौं,असोज ९, २०८०ः
शकुन्तला राना मगर

राष्ट्रिय आवास कम्पनी व्यापार मुलक तथा सेवा मुलक कम्पनी हो । यो कम्पनीको मुख्य उद्देश्य भनेकै प्रकृति प्रकोप र अन्य कारणले आवास विहिन भएका परिवारहरुलाई सरकारको निर्देशन बमोजिम जग्गा वा आर्थिक स्रोतको व्यवस्थापन गर्ने लगायत राष्ट्रिय आवास कम्पनी लिमिटेडको प्रवन्धपत्रको दफा ४ को (क) देखी (ड) सम्मको काम गर्ने रहेको छ ।

यस कम्पनीको महा प्रवन्धक नियुक्ती ४ वर्षको लागि कम्पनीको नियमावली परिच्छेद ४ को दफा ३६ मा भने बमोजिम हुने उल्लेख भएता पनि मिति २०८०÷०४÷२३ गते सूचना प्रकासित गर्दा नियमावली भन्दा बाहिर गएर सूचना प्रकासित भएको देखिन्छ । महा प्रवन्धकको नियुक्तिको बारेमा परिच्छेद ४ को दाफ ३६ (१) मा स्पष्ट रुपमा लेखिएको छ । महा प्रवन्धक नियुक्ति गर्दा नेपाल सरकारले गर्ने छ र दफा ३६ (३) (क) अनुसार महा प्रवन्धकको नियुक्ति गर्दा कम्तीमा स्नातक उपाधी प्राप्त गरि सम्बन्धीत क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको हुनु पर्छ भनेता पनि सूचना प्रकासित गर्दा त्यसो नभएको जानकारी प्राप्त भएको छ ।

हाल उक्त पदको लागि २१ जना प्रतिस्पर्धामा रहेको छ । केही प्रतिस्पर्धीहरुको सर्टिफिकेट नक्कली हुनसक्ने आशंका समेत प्रतिस्पर्धीहरुले गरेका छन । उचित छानविन पछि मात्र महा प्रवन्धकको नियुक्ती गर्नको लागि सम्बन्धीत निकायको ध्यानकर्षण ्गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!