सस्कृति मन्त्री सुदन किराती भोलि मध्यपुर थिमि आउदै : एतिहासिक जिब्रो छेड्ने जात्रा अबलोकन गर्ने

मध्यपुर थिमि, असोज ११, २०८०ः
रत्न काजि प्रजापति

सस्कृति, पर्यटन तथा नागरिक उद्दयन मन्त्री सुदन किराती भोलि मध्यपुर थिमि आउने भएको छ। इन्द्रजात्राको अबसरमा भोलि हुने एतिहासिक जिब्रो छेड्ने जात्रा अबलोकनको लागि मन्त्री किराती मध्यपुर थिमि आउने भएका हुन। मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख तथा नेकपा (माओबादी केन्द्र)का मध्यपुर अध्यक्ष बिजय कृष्ण श्रेष्ठले मन्त्री किराती जात्रामा सहभागी हुन भोलि साझ ६ः३० बजे मध्यपुर आउने जानकारी दिए।

यस वर्ष मध्यपुर थिमि नगरपालिका वडा नं– ५ चोडे टोल निवासी बालकराम नानी श्रेष्ठले दोस्रो पटक (पहिलो पटक बि.सं. २०७५) जिब्रो छेड्ने साहसिक दैबिक कार्य गर्ने छन। यो जात्रा यस वर्ष भोलि असोज १२ गते शुक्रबार हुनेछ। जिब्रो छेड्ने स्थान भने मध्यपुर थिमि नगरपालिका वडा नं ५ दिगु टोलस्थित दिगुभैरब मन्दिर अगाडिको डबालीमा हुनेछ।

जिब्रो छेडेपछि भ्ये (महादिप) बोक्न लगाई उसको इच्छा अनुसार नगर परिक्रमा गराउने गर्दछ। यस वर्ष जिब्रो छेड्ने व्यक्ति बालकराम नानी श्रेष्ठले जिब्रो छेडिसकेपछि पशुपति जान इच्छा गरेकोले उनको इच्छा अनुसार पशुपतिमा राति नै पैदल जाने छन।

PC: Madhyapur Tourism Development Committee

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!