“रेबिजः जिरो बाई ३०” अभियान सफल पार्न सरोकारवाला सबैले हातेमालो गर्नु पर्नेः महानिर्देशक दाहाल
ललितपुर, असोज १०, २०८०ः
रत्न काजि प्रजापति
भेटेरिनरी अभ्यासकर्ता संघ नेपाल (भिप्यान)को आयोजनामा बिश्व रेबिज दिबसको उपलक्ष्यमा आज एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको छ।
भिप्यान र ललितपुर महानगर पालिकाको पशु बिकास महाशाखाको आयोजना तथा नेपाल भेटेरिनरी एसोसियसनको सहआयोजना र नेपाल पशुपंक्षि औषधि ब्यबसायी संघको सहकार्यमा उक्त कार्यक्रम भएको थियो।
पशुपंक्षि औषधि ब्यबसायीहरुलाई लक्षित गरि आयोजना गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथि पशु सेवा बिभागका नब नियुक्त महानिर्देशक डा. उमेश दाहालले पशु मार्फत मानबमा सर्ने प्राणघाटक रोग रेबिज बाट बच्न रेबिज बिरुद्द अनिबार्य खोप लिनु पर्ने बताउनु भयो। कार्यक्रमलाई सम्बोधन गर्नु हुदै महानिर्देशक दाहालले रेबिज रोगको बारेमा जनचेतना जगाउने, भ्याक्सिनेशन गर्ने अनि कुकुरको संख्या नियन्त्रण गर्ने सकेमा रोग बाट बच्न सकिने कुरामा जोड दिनु भयो। सन २०३० सम्ममा रेबिजलाई जिरोमा झार्ने अभियान सफल पार्न सरोकारवाला सबैले हातेमालो गर्नु पर्ने महानिर्देशक दाहालले बताए।
नेपाल पशुपंक्षि औषधि ब्यबसायी संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष रितेश रिमालले प्राणघातक रोग रेबिज नियन्त्रण गर्न आफ्ना संधका सात वटै प्रदेश शाखाहरु तथा सम्पुर्ण जि्ल्ला शाखाहरु सरोकारवाला संगठनहरु संग सहकार्य गर्न सदैब तयार रहेको बताए।
कार्यक्र्ममा ईपिडेमियोलोजि रोग नियन्त्रण शाखाका डा रिशिका श्रेष्ठ र खोप उत्पादन शाखाका डा मनिश श्रेष्ठले रेबिज रोग सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।
उपत्यकाका करिब ५ दर्जन पशु औषधि ब्यबसायीहरुको सहभागिता रहेको उक्त अन्तर्क्रिया कार्यक्रमको सभापतित्व भिप्यानका अध्यक्ष डा बलराम थापाले गरेका थिए भने कार्यक्रमको संचालन भिप्यानका महासचिब डा. नबराज श्रेठले गर्नु भएको थियो। नेपाल भेटेरिनरी एसोसियसनका महासचिब डा. केदार सुबेदिले स्वागत मन्तब्य राखेका थिए।
