काभ्रे, असोज ११, २०८०ः
रत्न काजि प्रजापति
विश्व रेबिज दिबसको अवसरमा आयोजित रेबिज रोग नियन्त्रण सम्बन्धी अन्तर्क्रिया गोष्ठी सम्पन्न भएको छ।
केन्द्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डा राम चन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त अन्तर्क्रिया कार्यक्रममा रेबिज रोग सम्बन्धि दुइटा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो।

उक्त अन्तर्क्रियात्मक गोष्ठीमा प्राथमिक स्वास्थ केन्द्र , धुलिखेलका डा. दिपक ढकालद्वारा “ मानव स्वास्थ र रेबिज रोग, रेबिज रोगको वर्तमान अवस्था लगायतका विषय वस्तु सम्बन्धी कार्यपत्र प्रस्तुतिकरण गरिएको थियो। कार्यक्रममा पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका डा नवराज श्रेष्ठ र डा राम चन्द्र सापकोटाले “ रेबिज रोग र पशु स्वास्थ, रेबिज रोगको नमूना संकलन , संचय र प्रेसण” सम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो।

प्रस्तुत कार्यपत्र रहेका बिषयका बारेमा उठेका सहभागीहरुको प्रश्नहरुको जवाफ कार्यपत्र प्रस्तुतकर्ता डाक्टरहरुले दिएका थिए।
अन्तर्क्रिया कार्यक्रममा सहभागी काभ्रे जिल्लाका १३ वटै पालिकामा कार्यरत पशु चिकित्सक एब प्राविधिकहरुलाई नमूना संकलन ,संचय र प्रेसण सम्बन्धी प्रशिक्षण समेत प्रदान गरिएको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका डा नवराज श्रेष्ठले जानकारी दिनु भयो।
अन्तर्क्रिया कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, काभ्रे्का निमित्त कार्यलय प्रमुख डा सृजा वाग्लेको अध्यक्षतामा भएको थियो।
