“आगामि अधिबेशनमा अध्यक्षमा मेरो बलियो दाबेदारी हुनेछ।” बरिष्ठ उपाध्यक्ष रिमाल

पशुपंक्षी औषधि ब्यबसायीहरुले झेल्नुपरेको समस्याहरु समाधानको लागि अधिकतम पहल गर्ने प्रतिबद्द्ता

पोखरा, असोज १३, २०८०ः
रत्न काजि प्रजापति

नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष रितेश रिमालले केन्द्रको आगामि पुसमा हुने केन्द्रिय महाअधिबेशनमा अध्यक्ष पदमा आफ्नो प्रमुख दाबेदारी रहने बताउनु भयो। नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघ गण्डकी प्रदेशद्वारा पोखरामा आज आयोजना गरेको स्वागत,बधाई ,सम्मान तथा अन्तर्क्रिया कार्यक्रमलाई संबोधन गर्नु हुदै उपाध्यक्ष रिमालले आफु संग संघको जिल्ला समिति देखि केन्द्रिय समिति सम्मको बिभिन्न पदहरुमा रहेर काम गरेको अनुभब रहेको बताउनु भयो।

कार्यक्र्मका बिशिष्ठ अतिथि समेत रहेका उपाध्यक्ष रिमालले आफुले संघको इतिहासमै पहिलो पटक संघको कार्यबाहक अध्यक्षको भुमिकामा काम गरेको अ्नुभब समेत रहेको र पशुपंक्षी औषधिको क्षेत्रलाई राम्रै संग बुझेकोले आगामि अधिबेशनमा आफु निर्बिकल्प अध्यक्षमा निर्वाचित हुने बिश्वास ब्यक्त गरे।

बिशिष्ठ अतिथि रिमालले दुबै सम्मानित ब्यक्तित्वलाई बधाई तथा शुभकामना दिनु हुदै गण्डकी प्रदेशमा ब्यबसायीहरुलाई दिईने तालिमलाई प्राथमिकतामा राखी संचालन गर्ने रआगामी दिनहरूमा पशुपंक्षी औषधि ब्यबसायीहरुले झेल्नुपरेको समस्याहरु समाधानको लागि अधिकतम पहल गर्ने प्रतिबद्द्ता ब्यक्त गरे।

संघको गण्डकी प्रदेशले आयोजना गरेको स्वागत,बधाई ,सम्मान तथा अन्तर्कृया कार्यक्रममा गण्डकी प्रदेश सरकारको अधिकृत स्तर दशौ तहमा बढुवा भइ पशुसेवा तालिम केन्द्र प्रमुख भै आउनु भएका डा.गृष्म न्यैापाने र लेखनाथ उधोग वाणिज्य संघको महाधिवेशनबाट अत्याधिक बहुमतले सदस्य पदमा निर्वाचन हुनु भएकोमा संघका पोखरा शाखा्का अध्यक्ष श्री टिकाराम सापकोटालाई ्सम्मान गरेको थियो।

कार्यक्रम गण्डकी प्रदेशका अध्यक्ष बसन्ता श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!