इजरायलबाट २५४ जना नेपालीहरु लिएर काठमाडौं फर्किदै नेपाल एयरलाइन्सको जहाज

काठमाडौँ, असोज २५, २०८० :

इजरायलबाट २५४ जना नेपालीहरु लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं फर्किदैछ। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि नेपाली विमान चढेका छन् ।

इजरायल र गाजाबीचको युद्धका कारण इन्टर्नसीप गर्न इजरायल पुगेका नेपाली विद्यार्थीहरू स्वदेश फर्किन लागेका हुन् । स्वदेश फर्किनका लागि ३०० भन्दा बढी नेपालीले अनलाइन आवेदन दिएका छन् ।

इजरायलमा समस्यामा परेका नेपालीहरूको जहाज चार्टड गरेर नेपाल ल्याउने निर्णय सरकारले गरेको थियो । सोही आधारमा पहिलो चरणमा आज राति नेपाल आइपुग्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!