भक्तपुर नगर भित्र बजार अनुगमन तिब्र ः म्याद नाघेको सामान जफत

भक्तपुर, २५ असोज, २०८०ः

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा आज भक्तपुर नगरको च्याम्हासिंह, सूर्यमढी, इनाचो र सुकुलढोकामा रहेको मिनिमार्ट र खाद्य पसलहरुमा अनुगमन गरेको छ।

अनुगमनका क्रममा कैफियत देखिएका नमस्ते किराना स्टोर, सुनगाभा स्टोर र भिमसेन खाद्य स्टोरमा रहेका म्याद नाघेका खाद्य सामाग्रिहरु नष्ट गरिएको छ।

नमस्ते किराना स्टोरलाई पसल नविकरण गर्न, प्याकेजिड्ड सामानहरु खाद्य अनुज्ञा पत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न र म्याद नाघेको सामानहरु बिक्री नगर्न चे्तावनि दिइएको छ साथै तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिईएको छ।

सुनगाभा स्टोरलाई पसल नविकरण गर्न र म्याद नाघेको सामानहरु बिक्री नगर्न चेतावनि दिनुका साथै तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिईयो ।

भिमसेन खाद्य स्टोरलाई पसल नविकरण गर्न, साइनबोर्ड राख्न, मुल्य सुचि व्यवस्थित गर्न, सरसफाइमा ध्यान दिन निर्देशन दिईयो ।

साख मार्ट प्रा.लि.लाई भने कुनै कैफियत नदेखिएको भन्दै पसल राम्रो र व्यवस्थित संचालन भएकोलाई निरन्तरता दिन निर्देशन दिईयो ।

अनुगमन कार्यमा अनुगमन समितिका सदस्यहरु कार्यपालिका सदस्य रिता फसिकवा, ज्ञान बहादुर मानन्धर, भनपा श्यानिटेशका नगर निरिक्षक. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेबी व्याञ्जू, जिल्ला प्रशासन कार्यालयका यादव प्रसाद मिश्र, महानगरीय प्रहरी प्ररिसरका प्रहरी बिनोद धिताल, उद्योग बाणिज्य संघका विश्वराम दुवाल, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका मिना भट्टराई, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी लगायतका प्रतिनिधिहरु सहभागी रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!