सूर्यविनायक चोकको खाजा पसलमा प्रहरीको छापा ः खाजाघर संचालिक सहित छ जना पक्राउ

भक्तपुर, असोज २५, २०८०ः

भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ८ सूर्यविनायकमा पार्वती तामाङले संचालन गरेको खाजाघरमा तास खेलिरहेको अबस्थामा पांच जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा प्रहरीले उक्त खाजाघरमा छापा हान्दा पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा जिल्ला सिन्धुपाल्चोक चौतरा नगरपालिका वडा नं. १० घर भई हाल ऐ.ऐ. बस्ने बर्ष ३५ को माला तामाङ,. जिल्ला सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ९ घर भई ऐ.ऐ बस्ने बर्ष २५ को राजु खड्का, जिल्ला काभ्रेपलान्चोक बेथानचोक गाँउपालिका वडा नं. २ घर भई ऐ.ऐ बस्ने बर्ष २८ को दिल तामाङ, जिल्ला दोलखा शैलुङ गाँउपालिका वडा नं. २ घर भई हाल ऐ.ऐ. बस्ने बर्ष ३६ को सिटुक तामाङ र जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ बस्ने बर्ष ३३ को बिनोद लगेजु रहेका छन।

उनीहरुबाट नगद रू ३८ हजार, एक बुक तास बरामद गरेको छ। खाजाघर संचालिक पार्बती तामाङलाई पनि नियन्त्रणमा लिई प्रहरी वृत्त जगातीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!