एप्लिकेसन अफ सिसिटिभी एण्ड ड्रोन इन पुलिस अपरेशन एण्ड इन्भेष्टिगेशन अनुशिक्षण समापन

काठमाडौं, असोज २५, २०८०ः
नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयले २० जना प्रहरी अधिकृतहरूलाई एप्लिकेसन अफ  सिसिटिभी एण्ड ड्रोन इन पुलिस अपरेशन एण्ड इन्भेष्टिगेशन अनुशिक्षण प्रदान गरेको छ  । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही  निर्देशनालयमा संचालित प्रथम समूह अन्तर्गत उनीहरुलाई उक्त अनुशिक्षण प्रदान गरिएको हो ।
उक्त अनुशिक्षण समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक ई. गोपाल बहादुर रेग्मीले अनुशिक्षण समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीले अपराध अनुसन्धान तथा प्रहरी कार्यमा अनुशिक्षण महत्त्वपूर्ण सावित हुने चर्चा गर्दै अनुशिक्षणको क्रममा हासिल गरेका ज्ञान सीपलाई आ-आफ्नो कार्य क्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा प्रहरी उपरीक्षक ऋषिराम कंडेलले प्रशिक्षार्थीहरूको तर्फबाट अनुशिक्षण सम्बन्धी अनुभवसहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अनुशिक्षण संयोजक प्रहरी उपरीक्षक अंशु कुमार सिंहले स्वागत मन्तव्य तथा अनुशिक्षण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ५ कार्यदिन अवधिको उक्त अनुशिक्षणमा प्रहरी उपरीक्षक १ जना, प्रहरी नायव उपरीक्षक ३ जना र प्रहरी निरीक्षक १६ जना गरी जम्मा २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!