प्रतिबन्धित औषधी सहित पसल सञ्चालक पक्राउ: आवश्यक कारवाहीकालागि औषधी व्यवस्था विभाग पठाईयो

उदयपुर, असोज २५, २०८०ः

प्रहरीले प्रतिबन्धित औषधी सहित बुधवार साँझ एक जना पसलेलाई पक्राउ गरी आवश्यक कारवाहीकालागि औषधी व्यवस्था विभाग विराटनगरमा पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार त्रियुगा नगरपालिका ११ डिएमगेटमा काल्स फार्मैसीमा प्रतिबन्धित औषधी बिक्री वितरण भएको सूचना पाएपछि चेकजाँच गर्दा बिक्री वितरणमा प्रतिबन्धित औषधी फेला परेको जनाएका छन् ।

उक्त औषधी पसलमा स्पासपेन १९६० ट्यावलेट र वेगावेलेन ८० ट्यावलेट गरी जम्मा २०५० ट्यावलेट सहित पसल सञ्चालिका त्रियुगा नगरपालिका ११ बस्ने वर्ष ३६ की सरिता चौधरीलाई नियन्त्रणमा लिइएको र चौधरीलाई बिहीबार आवश्यक कार्वाहीकालागि विराटनगर स्थित औषधी व्यवस्था विभागमा पठाइएको सूचना अधिकारी चौधरीले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!