भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. श्रेष्ठ नियुक्त (पत्र सहित)

भक्तपुर, २६ असोज,२०८०ः

भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा डा. ऋषिकेश नारायण श्रेष्ठ नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले श्रेष्ठलाई निर्देशकमा नियुक्त गरेका हन्।

डा. श्रेष्ठलाई शुक्रबार दिएको पत्रमा अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक र प्रशासनिक अधिकारसहित निर्देशकको जिम्मेवारी दिएको उल्लेख छ।

११ औं तहका डा. श्रेष्ठ अस्पतालका सिनियर कन्सल्टेन्ट सर्जिकल अन्कोलोजिष्ट हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!