हेटौडा, असोज २७, २०८०ः
रत्न काजि प्रजापति
नेपाल पशुपन्छी अैाषधि व्यवसायी संघ मकवानपुर शाखाको अध्यक्षमा हरि शरण अर्याल निर्वाचित भएका छन। संघको आज हेटौडामा सम्पन्न भएको छैठौ साधारण सभा तथा तेस्रो अधिबेशनबाट अर्याल पुनः अध्यक्षमा निर्वाचित हुनु भएको हो। आज भएको निर्वाचनमा अध्यक्षका चार प्रत्यासीहरु मध्ये अर्यालले १३ मत प्राप्त गरेका थिए। उहाका निकटतम प्रतिद्वन्दी शम्भु प्रसाद गुप्ताले ७ मत प्राप्त गरेका थिए। अन्य उम्मेदबार प्रकाश अधिकारी र डा प्रदिप लामाले समान २ मत प्राप्त गरेका थिए।
संघको उपाध्यक्षमा सुभाष मल्ल ठकुरी र उद्दब हुमागाई, सचिबमा गणेश खड्का, सह सचिबमा मदन कुमार न्यौपाने र कोषाध्यक्षमा बिष्णु प्रसाद अधिकारी निर्वाचित भएका छन।
त्यसैगरी सदस्यहरुमा शकुन्तला शाह, केशव दुलाल,अबिनाश दहाल, महेश्वर अर्याल र फेन्चु लामा ्निर्वाचित भएका थिए।
नेपाल पशुपन्छी अैाषधि व्यवसायी संघका केन्द्रिय अध्यक्ष पुर्ण चन्द्र सापको्टाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्र्ममा संघका केन्द्रिय बरिस्ठ उपाध्यक्ष रितेश रिमाल, केन्द्रिय महासचिब नारायण भुजेल तथा केन्द्रिय सचिब दिनेश कट्टेलको उपस्थिति रहेको थियो।
त्यसैगरी संघका बागमति प्रदेश अध्यक्ष ईश्वरी आचार्य , उपाध्यक्ष देबीलाल सुबेदि, लक्ष्मण सापकोटा, बागमति जि्ल्ला समितिका उपाध्यक्ष रत्न काजि प्रजापति तथा चितवन जिल्ला समितिका अध्यक्ष लक्ष्मि लाल घिमिरेको पनि उपस्थिति रहेको थियो।
मकवानपुर शाखाका अध्यक्ष हरि शरण अर्यालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन संघका सचिब शम्भु गुप्ताले गरेका थिए।
