ग्रहहरु पनि शक्तिशाली : कल्याण पन्त

२०७४ कार्तिक २९ गते बुधबार द्वादशी

ग्रहहरु पनि शक्तिशाली हुन्छन् भन्दा जो कोहीले हम्मेसी नपत्याउलान् । तर कसैले पत्याउन या नपत्याउन्, खगोल विज्ञान अन्तर्गत पर्ने चलयामान यी आकाशीय पिण्डहरुका अथाह उर्जा शक्ति छ । यिनै शक्तिले पृथ्वीमा रहेका सम्पूणर् जीवजीवात्मालाई प्रभाव पारिरहेको छ । गुरुत्वाकर्षण ग्रहग्रहका बीचमा निहित छ र सबै एकापसमा अन्तरनिर्भर रहेका छन् । ब्रमाण्डका शून्य स्थानमा अडिनुको मुख्य कारण यही गुरुत्वाकर्षण नै हो । यति मात्र नभइ सबै ग्रहहरुले निरन्तर रुपमा आफ्नो विकिरण फालिरहेका छन् । यी विकीरण हरेक ग्रहका फरकफरक प्रकृतिका छन् । उदाहरणको लागि सूर्य ग्रहबाट निस्कने किरणले चर्मरोग, जण्डिस, हड्डी मजबूत बनाउने (भिटामिन डि), किटाणु मार्ने गुण विद्यमान छ । चन्द्रमाको किरणले पनि मनलाई प्रफुल्लित बनाउने, ज्वाराभाटा उठाउने, मनलाई परिवर्तन गराउने जस्ता सामथ्र्य बोकेको छ । चन्द्रमाको गति अन्य ग्रहहरुको भन्दा अल्लि बढी पनि हुन्छ । त्यसैले यसले मनलाई धेरै मात्रामा प्रभावित पार्दछ । प्रकृति अनुसार मनको बदलिराख्दछ । हरियाली देख्दा र उराठ ठाउँ देख्दा मनले राम्रो नराम्रो अनुभूति छ्ुट्याइहाल्छ ।

ग्रहका शक्तिका बारेमा ज्योतिषशास्त्रमा धेरै व्याख्या गरिएको छ । यसै शास्त्रको फलित खण्डले सूर्यलाई पिताकारक ग्रह मान्दछ भने चन्द्र ग्रहलाई माताकारक ग्रह । सम्पूणर् जीवजीवात्मा, वनस्पतिका उत्पत्ति सूर्य ग्रहकै कारणले हुन्छ । सूर्य तापको स्रोत हो । रातमा चन्द्रमाको प्रभाव रहन्छ भने दिनमा सूर्यको । चन्द्र शीतलताको स्रोत हो । यी ग्रह बाहेक ब्रमाण्डका अन्य मंगल, बुध, गुरु, शुक्र, शनि आदि ग्रहका पनि आआफ्नै विशेषता छन् । ऋषिमुनिहरुले ग्रहका चाललाई अध्ययन गरेर जन्मको आधारमा व्यक्तिको दिनचर्या फरक ढंगले बित्दछ भनेर सिद्धान्त नै बनाएका छन् । ज्योतिषशास्त्रलाई वेदको निर्मल आँखाको रुपमा मानिएको छ ।

फ्रान्सका ४७ प्रतिशत मानवहरु ग्रहमा विश्वास राख्छन् । अमेरिकामा ५ हजार ज्योतिषीहरु दिनरात काम गरिरहेका छन् । नेपाल र भारतमा लगभग ९० प्रतिशत भन्दा बढीले ग्रहमा स्वीकार गर्दछन् । ज्योतिषशास्त्रको प्रभाव विश्वका जुनसुकै देशमा पनि छ । पृथ्वीमा बस्ने हरेक प्राणीहरु उपर आकाशीय पिण्डले प्रभाव पार्दछ भन्ने विद्या आजको होइन । अनादि कालदेखि नै मानवहरुले यसको अस्तित्व स्वीकार कुनै न कुनै तरीकाले गदै आइरहेका छन् । कसैले यसप्रति पत्यार गर्लान, कसैले नगर्लान । तर सूर्य, चन्द्र आदि ग्रहहरुले कुनै कुनै तवरले असर पारिरहेको हुन्छ । समग्रमा भन्दा विश्वका लगभग ७८ प्रतिशतले ज्योतिषशास्त्रमा विश्वास राख्छन् । स्वीडेनका वैज्ञानिक प्यारालिससले ज्योतिष विज्ञान सबैभन्दा पुरानो तर सबैभन्दा तिरष्कृत विद्या भइरहेको तथ्य सार्वजनिक गरेका छन् । उनका अनुसार विरामी पर्नु पनि ग्रह जिम्मेबार छ । जन्म समयको नक्षत्रसित मानवको तारतम्य एक्कासि टुट्न गयो भने विरामी परिन्छ भन्ने तर्क अघि सारेका छन् । त्यसरी नै युनानका पाइथागोरसका अनुसार प्रत्येक नक्षत्र या ग्रह एक अर्कामा आफ्नो कक्षमा परिभ्रमण गर्दा एक प्रकारको संगीतबद्ध ध्वनि निस्कन्छ । मानवको जन्ममा यही नक्षत्रबीचको संगीतमै हुन्छ । जातकको प्रारम्भिक सरलतम स्वभाव संवेदनशीलताभित्र प्रभाव यसै जन्म समयको अवस्थामा भर पर्दछ । जीवनभर स्वस्थ्य र अस्वस्थ्य बन्ने प्रक्रिया संगीतमा तालमेल मिलेन भने शरीरमा गडबड देखिन सुरु गर्दछ । शरीरमा संगीतको क्रम छ्ट्न जाँदा अस्वस्थ्य भइन्छ भन्ने मान्यता छ ।

विज्ञान अन्तर्गत पर्ने ज्योतिषशास्त्रको महत्त्व वेग्लै छ । पृथ्वीवासी सबैलाई यिनै ग्रहहरुले प्रभाव पार्दछ भन्ने कुरा धेरैलाई पत्यार नलाग्न पनि सक्छ । खगोलीय पिण्डहरुका कारण केही अनुभूति गर्न सकिने यथार्थता छन् । यी यस प्रकार छन् ः

सूर्य ग्रहण हुँदाखेरि २४ घण्टा पहिले चराहरु चीरबीर गरी नाच्न र गीत गाउन बन्द गर्दछन्, जंगली जनावर डराउँछन्, त्यस्तै बाँदर रुख छोडेर भुइँमा ओर्लन्छन् । एक अनुसन्धानबाट के पनि थाह भएको छ भने खग्रास सूर्य ग्रहण लाग्दा जमीन रोगी बन्छ । ११ वर्षमा सूर्य विष्फोट हुँदा उत्पात (बाढीपहिरो जस्तो घटना) मच्चिन्छ । महामारी फैलने क्रम पनि यही अवधिमा हुने गर्दछ ।
ग्रह, नक्षत्र, तारा आिदले निरन्तर रुपमा विकिरण छोड्ने गर्दछन् । विशेष गरी अष्टमी र पूणर्िमा तिथिमा ज्वाराभाटा उठ्ने गर्दछन् ।
चन्द्रमाको रोशनीको प्रभावले समुद्रमा ज्वाराभाटा उठेझैं पूणर्िमा तिथिमा पनि मानव शरीरमा प्रभाव देखिन्छ । समुद्रमा झै शरीरमा पनि नूनिलो रगतमा मात्रा हुने हुँदा यसले दिमागमा असर पार्दछ । मनस्थिति उद्धेलित गराउँछ ।
समुद्रमा ज्वाराभाटा चल्नु अघि माछाहरुले लाखौं संख्यामा अण्डा छोड्ने गर्दछन् । चन्द्रमाको कलामा हुने उज्यालोले माछाहरुले संकेत पाउँछन् । चन्द्रमाको कलालाई हेरेर माछाहरुले आफ्ना गतिविधि देखाउने गर्दछन् ।
प्रत्येक ग्रहका रेडियो एक्टिभिटी फरकफरक हुन्छ । रुखका मूढाहरुमा बन्ने गोलाकार चक्का ऋतु परिवर्तनका गतिविधिमा बन्ने गर्दछ । यो परिवर्तन सूर्य ग्रहसितै सम्बन्धित छ । त्यस्तै गाईभैसीहरु व्याएपछि सिंगमा देखिने चक्का पनि ग्रहकै प्रभावबाट बन्दछ भन्ने पुष्टि हुन्छ ।
सूर्य ग्रहबाट उत्सर्जित तापले पकाउने, तताउने, जलाउने, गलाउने आदि जस्ता कार्य हुन्छ ।
तारा तथा ग्रहहरु जति टाढा भए पनि जब यिनीहरुको गतिमा परिवर्तन हुन्छ, त्यस बेला मुटुको चाल बदलिन्छ । सूर्य कहिले टाढा कहिले नजिक रहन्छ तर पनि यसले ताप दिइरहन्छ । तापले रक्तधारका गति पनि बदल्ने गरेको छ ।
एक जापानी चिकित्सक तोमातोले स्त्रीको रगतमा २० वर्षसम्म लगाएर गरेका अनुसन्धानबाट यो पत्ता लागेको छ कि स्त्रीको रगत पुरुषको रगतभन्दा पातालो हुन्छ भन्ने निष्कर्ष निकाले । गर्भवती र रजस्वला हुँदाखेरि पनि स्त्रीको रगत पातालो हुन्छ । सूर्यमा हरेक ११ वर्ष तुफान चल्छ, यस बखत पुरुषको रगत पनि पातालो भएको पाइएको छ । सूर्यले पनि रगतमा प्रभाव पार्दछ ।
भारतीय ज्योतिषशास्त्रको मान्यता अनुसार रजस्वला चन्द्रमाकै गतिअनुसार हुन्छ । चन्द्रमाले २८ दिनमा राशिको भ्रमण गर्दछ । मासिक धर्मको पनि २८ दिनको आसपासमा हुने गर्दछ ।
शुक्लपक्षको आसपासमा गर्भवती भएकी स्त्रीको मृत्यु पूणर्िमाकै दिनको वरिपरि हुन्छ । त्यस्तै कृष्ण पक्षमा जन्म भएकी स्त्रीको मृत्यु कृष्ण पक्षकै वरपरका दिनमा हुने गर्दछ भन्ने ज्योतिषीय मान्यता छ ।
पूणर्िमाका दिनमा शुक्रकीट बढी सक्रिय हुन्छन् हुन्छ भन्ने पत्ता लागेको छ । यो दिनमा अन्य दिनको तुलनामा धेरै मात्रामा व्याभिचार हुन्छ । त्यसैले भारतस्थित वेश्यालयहरुमा सर्वेक्षण गर्दा त्यहाँ पूणर्िमाका दिनमा भीड लाग्ने गरेको पाइएको छ ।
इटालियन वैज्ञानिक मार्कोनीको भनाइ अनुसार बोल्दाखेरि वायुमण्डलमा हुने गति र तलाउमा ढ्ंगा फ्याँक्दाको तंरग जस्तै हुन्छ । वायुमण्डलमा उत्पन्न भएको तरंग देखिन्न तर आकाशको सूक्ष्ममण्डल (इथर) मा बोलिएका ध्वनि दौडिराखेका हुन्छन् र टाढाटाढासम्म ध्वनि पुगिरहेको हुन्छ । यसले वायुमण्डलमा उर्जा छ भन्ने प्रमाणित गर्दछ । त्यसरी नै रेडियो स्टेशनमा बोलिएका ध्वनिलाई हर्जमिटरमा मिलाउँदा ती आवाज सुन्न सकिन्छ । हावाकै माध्यमबाटै दृश्यहरु टेलिभिजनमा देख्न सकिन्छ । फोन गर्दा पनि देशविदेश यही तरंग मार्फत कुराकानी गर्न सम्भव भएको हो ।
आकाशमा रहेको इथर शक्ति जस्तै हाम्रो मस्तिष्कमा पनि इथेरियल शक्ति व्याप्त छ । यसबाट निरन्तर विचार उत्पन्न हुन्छ । विद्युतको राप निस्केझैं मस्तिष्कबाट बाहिर निस्कन्छ ।
भारतका आसाम राज्यको उत्तरी कछार जिल्लास्थित जातिन्गामा हरेक वर्ष भाद्र महिनादेखि मंसिरसम्म चराहरुले आत्महत्या गर्ने गर्दछन् । चरा विशेषज्ञका अनुसार प्रायः औसीमा कुहिरो लाग्दा करिव तीनचार सय चराहरु डाँडामा ठोकिएर मर्ने गर्दछन् । यो घटना औसी वा औसीकै वरिपरि हुने गर्दछ । करिब ३ हजार जनसंख्या रहेको यो जातिन्गा गाउँमा औसीमा जोडसित हावाहुरी चल्दछ ।
कृष्णपक्षमा जन्मेका व्यक्तिहरुमा औसीका दोस्रो दिनदेखि शारीरिक र मानसिक परिवर्तन आउन सुरु गर्दछ । आनन्द, उत्तेजना, स्फूर्ति चेहरामा देखिन थाल्दछ । त्यस्तै शुक्लपक्षमा जन्मेका व्यक्तिहरुका स्वभावमा पूणर्िमाको दोस्रो दिनदेखि खुसी हुन थाल्छन् ।
अमेरिकी ब्राउनले गरेका अनुसन्धान अनुसार मंगल ग्रह बलियो हुनेहरु सेनापति हुन्छन् । मंगल ग्रह जन्म समयमा बलियो भएमा नेतृत्व लिन सक्ने क्षमता देखिएको छ । त्यसरी नै कवि, कलाकार, डाक्टर, गणितज्ञ आदिमा पनि ग्रहको प्रभाव देखिन्छ ।

समग्रमा भन्दा ग्रहहरु शक्तिशाली छन् तर व्यवहारिक रुपमा हामीले यसलाई कत्तिको याद गरेका छौ र कति अध्यात्मिक क्षेत्रमा विश्वास गर्छौ । त्यसमा भर पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!