हाम्रो चाँंगु एप तयार

भक्तपुर, कार्तिक १०, २०८०ः
कृष्ण किसि

जनताको काम छिटोछरिटो र विना झन्झट हुन सकोस् भन्ने पबित्र उद्देश्यका साथ चाँंगुनारायण नगरपालिकाले हाम्रो चाँंगु एप तयार गरेको छ । हेल्लो मेयरबाट अव सजिलै सुझाब तथा जानकारीको साथमा अव जनगुनासोसमेत यस एपबाट राख्न सकिनेछ । नागरिकता, उपभोक्ता, घरजग्गा, बाटो, पञ्जीकरण, सिफारिस आदि काम अव विना डिजिटल हुनेछ । नगरपालिकाका आगामी कार्यक्रम तथा गतिविधिहरु जान्न चाहेमा यही एपबाट जानकारी लिन सकिने जनाइएको छ । डिजिटल प्रोफाइल, आकस्मिक सेवा, स्थानीय राजपत्र, समाचार, सूचना पनि यही एपबाट लिन सकिने वन्दोवस्त गरिएको छ ।

चाँंगुनारायण नगरपालिकाका सूचना तथा प्रविधि अधिकृत सचिन न्यौपानेले यो एप स्थानीयलाई हस्तान्तरण गर्नुभएको हो । चाँंगुनारायण नगरपालिकाको यो कार्यप्रति स्थानीय जनताले खुशी व्यक्त गरेका छन् । यसरी नै देशभरका नगर तथा गाउँंपालिकाहरुले यस्ता सेवा सुविधा जनतामाझ पुयाउन सकेको खण्डमा वान्छनीय हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!