भ्रामक टिप्पणी नगर्न माओवादीको अनुरोध (विज्ञप्ति सहित)

काठमाडौँ, कार्तिक १५, २०८०ः

नेकपा (माओवादी केन्द्र)ले आगामी मङ्सिर २२ गते काठमाडौँमा आयोजना हुने जनप्रदर्शनलाई लिएर ‘सरकारमा रहेको माओवादी सडक सङ्घर्षमा’ भनी सार्वजनिक भएका टीकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

 

पार्टी महासचिव देवप्रसाद गुरुङले आज प्रेस विज्ञप्ति निकालेर ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’अन्तर्गत जनपरिचालनका कार्यक्रम मात्र आयोजना गरिएको स्पष्ट गरेका छन् ।

विज्ञप्तिमा भ्रामक समाचार एवं टिप्पणी नगर्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!