नेताले देश बेचे पनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ : मेयर बालेन

काठमाडौं, कार्तिक १५, २०८०ः

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेताले देश बेच्न खोजेको आरोप लगाएका छन्। बुधबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले यस्तो आरोप लागएका हुन्।

उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको हो। कसैको अपमान गरेको होइन। नेताज्यूहरूले त देश नै बेच्न खोजिसक्नुभो, तर काठमाडौं महानगर बिक्रीमा छैन। तपाईंहरूले पूरै देश नै बेच्नुभो भने पनि काठमाडौं एक्लै भए पनि नेपाल भनेर उभिनेछ।”

मंगलबार काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरूको मञ्च ‘मेयर्स फोरम’मा मेयर बालेन र अन्य जनप्रतिनिधि बीच विवाद भएको थियो। विवादपछि उनी बैठक छोडेर हिँडेका थिए। सोही बैठकको विवादलाई लिएर आलोचना भएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!