भूकम्प प्रभावित क्षेत्रको लागि रक्तदान कार्यक्रमको आयोजना, ५५ युनिट रगत संकलन

सिद्धार्थनगर, कात्तिक १८, २०८०ः

भूकम्प प्रभावित क्षेत्रमा रगत पठाउन बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ । लालटिन बहुउद्देश्यीय सहकारी संस्थाले शनिबार बुटवलमा रक्तदान कार्यक्रम गरी भूकम्प प्रभावित क्षेत्र पठाएको हो । रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको छ ।

भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम रगत पठाउने उद्देश्यले रक्तदान गरिएको लालटिन बहुउद्देश्यीय सहकारीका अध्यक्ष गंगालाल सापकोटाले बताउनुभयो ।

रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । जम्मा भएको रगत रक्त सञ्चार सेवा केन्द्र बुटवलमा जम्मा गरिने छ । आवश्यकता अनुसार जम्मा भएको रगत आज भुकम्प प्रभावित जाजरकोट, रुकुम पठाइएको केन्द्रले जनाएको छ ।

रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएको र आवश्यकता अनुसार खाद्यान्न र केही आर्थिक सहयोग समेत सहयोग गरिने सहकारीका अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!