काठमाडौं, कार्तिक १८, २०८०ः
मित्र राष्ट्र चीनले भूकम्प प्रभावितहरुका लागि १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने घोषणा गरेको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङले चीनले नेपाललाई १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री दिने जानकारी दिएका हुन् ।
साउथ एसियन कन्ट्रिज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट उक्त सहयोग उपलब्ध गराउन लागिएको राजदूत सङले जनाएका छन् । ती राहत सामग्रीहरु केही दिनमा नेपाल आइपुग्ने जनाउँदै थप सहयोग पनि घोषणा गरिने जनाएका छन् ।
राजदूत सङले ट्विटर एक्समार्फत भूकम्प प्रभावितका लागि आवश्यक टेन्ट, ब्ल्याङ्केटलगायतका सामग्रीहरु उपलब्ध गराउन लागिएको जानकारी दिएका छन् ।