भूकम्प प्रभावितहरुका लागि नेकपा माओबादी केन्द्र मध्यपुर थिमिको सहयोग ः नगद रु तिस हजार संकलन

मध्यपुर थिमि,भक्तपुर, कार्तिक १८, २०८०ः
रत्न काजि प्रजापति

जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी प्रभाबित बनेका जाजरकोट र रूकुम पश्चिम क्षेत्रका जनताहरुको लागि नेकपा मध्यपुर थिमि नगर कमितिले नगद सहयोग गरेको छ।

नगर कमितिको आज बसेको बिस्तारित बैठकले नगद रु तिस हजार संकलन गरी उक्त रकम पार्टिका नगर अध्यक्ष बिजय श्रेष्ठले पार्टिका केन्द्रिय सदस्य तथा मध्यपुर थिमि इन्चार्ज क राम प्रसाद सापकोटा दिपशिखालाई हस्तान्तरण गरेको थियो ।

उक्त अबसरमा युवा नेता दिपशिखाले भुकम्पमा परी दिबंगत हुनु भएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भयो। साथै उहाले थप सहयोगको लागि पहल गरिने बताउनु भयो।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार साझ पांच बजे सम्ममा भुकम्पका कारण १५७ जनाको मृत्यु भैसकेको र १७० जना घाईते उपचारत हुनु हु्न्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!