काठमाडौं, कात्तिक १८ गते ।
जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको ६.४ रेक्टरस्केलको भूकम्पमा परी १५७ जनाको ज्यान जानुका साथै सयौं घाइते उपचाररत हुनुहुन्छ ।
भूकम्पमा परी मृत्यु भएका घाइते तथा आपतमा परेकाको उद्वार, उपचार, परिवारलाई आवश्यक राहत तथा सहयोगका लागि सरकार, राजनीतिक दल लगायत विभिन्न सङ्घ–संस्थाहरुले पीडितका लागि सहयोग रकम घोषणा गरेका छन् ।
हालसम्म घोषित आर्थिक सहयोगको बिबरणः
नेपाल सरकारः जाजरकोट र रुकुम पश्चिममा पाँच-पाँच करोड
लुम्बिनी प्रदेश सरकार : एक करोड ५० लाख
बागमती प्रदेश सरकार : एक करोड ५० लाख
कोशी प्रदेश सरकार : एक करोड
भाटभटेनी सुपरमार्केट : १ करोड ११ लाख ११ हजार १११ रुपिया
एनसेल : ५० लाख
नेपाली कांग्रेस : ५० लाख
राष्ट्रिय समन्वय परिषद् जापान : १४ लाख