मध्यपुर थिमि, ९ मङ्सिर २०८०ः
रत्न काजि प्रजापति लाछी
रु १० लाखको अक्षय कोष स्थापना गरिने
प्रसिद्द साहित्यकार, कलाकार एब संस्कृतिकर्मि गणेशराम लाछीको ७५ औ जन्मोत्सब आज एक भब्य समारोहको आयोजना गरी मनाईयो। विनायक शिक्षा निकेतन ई सेकेन्डरी स्कुल, अक्षरमार्ग प्रकाशन, मध्यपुर कला परिषद् र ख्यालिगुलु गुथिले आज संयुक्तरूपमा आयोजना गरेको थियो।

उक्त अबसरमा साहित्यकार लाछीको बारेमा लेखिएको अक्षरमार्ग प्रकाशनद्वारा प्रकाशित एब सुर्यप्रसाद लाकोजूद्वारा सम्पादित पुस्तक ‘कर्मयोगी गणेशराम लाछी” र लेखक लाछी स्वयम द्वारा लिखित “नेपाल मन्डल बागमती प्रदेशका संगित परम्परा” पुस्तकको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठले बिमोचन गरेका थिए।
कार्यक्रमलाई संबोधन गर्नु हुदै मन्त्री डा.श्रेष्ठले भाषा, साहित्य, गीत, सङ्गीत, कला, संस्कृति देशकै जीवन्त संस्कृति र धरोहर भएकाले यसको संरक्षणमा यस्ता पुस्तक निकै उपयोगी हुने बताए । उहाले साहित्यकार लाछीले भाषा, कला संस्कृतिको जगेर्ना गर्न पुर्याउनु भएको योगदानको चर्चा गर्नु भयो।

कार्यक्रममा बिशे्ष अतिथि तथा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले साहित्यकार लाछीलाई जन्मदिनको शुभकामना दिनु हुदै नगरको सम्पदा, कला, संस्कृति र मूर्त–अमूर्त सम्पदाको संरक्षणमा नगरपालिका सदैब तत्पर रहेको बताउनु भयो।

त्यसैगरी उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुरथिमि सम्पदाको सहर भएको चर्चा गर्दै यहाँका कला, संस्कृतिको संरक्षण र पछिल्ला पुस्तालाई जानकारी गराउन यस्ता पुस्तक निकै उपलब्धिमूलक हुने बताए ।
नगरपालिकाका निबर्तमान प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमिलाई कला, संस्कृतिको जीवन्त ्शहरका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै निकै उपलब्धिमूलक दुई पुस्तक र पुराना पुस्ताका अनुभवलाई पछिल्ला पुस्तासम्ममा लैजानुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा विनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापति, अक्षर मार्ग प्रकाशनका सूर्यप्रसाद लाकोजु, सुरेशकिरण मानन्धर, ह्दयचन्द्र मिश्रलगायतले आज बिमोचित दुई पुस्तक मध्यपुरथिमिका कला, संस्कृति, इतिहास, भाषा, गीत, सङ्गीत र सम्पदाको इतिहास भएको चर्चा गर्दै यसले विगतदेखि वर्तमानसम्मका धरोहरलाई जोगाएर राख्ने बताए ।
कार्यक्रममा लेखक लाछीका सुपुत्र ई सन्तोषराम लाछीले आफ्नो बुबाको नाममा साहित्य क्षेत्रमा कृयाशिल ब्यक्तित्वहरुलाई प्रत्येक बर्ष पुरस्कार प्रदान गर्नको लागि रु १० लाखको अक्षय कोष स्थापना गर्ने बताउनु भयो।
साहित्यकार, भाषाविद् एवं पुस्तक लेखक लाछीलाई उहाको जमोत्सबको अबसरमा बिभिन्न संघसंस्थाहरु, समाजका प्रतिस्थित ब्यक्तित्वहरु लगायत आफन्तहरुले सम्मान पत्र प्रदान गर्नुका साथै नेवाः परम्परा अनुसार सगुन प्रदान गर्दै शुभकामना प्रदान गरेका थिए।

“होगाखीः” जस्ता चर्चित पुस्तक लगायत करिब १४ वटा भन्दा बढि पुस्तक प्रकाशन गरिसकेका लेखक लाछी्का अरु ४ वटा पुस्तक प्रकाशोन्मुख रहेको छ।
मध्यपुर कला परिषद्का अध्यक्ष सन्तकुमार प्रजापतिको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।