नेपाल सुपर लिग : धनगढीको विजयी सुरुवात

काठमाडौँ, मङ्सिर १० गते ।

साविक उपविजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विजयी सुरुवात गरेको छ । दशरथ रङ्गशालामा आज साँझ भएको खेलमा धनगढी एफसीले वीरगञ्ज युनाईटेड एफसीलाई २–१ गोलले हरायो ।

धनगढीले खेल सुरु भएको दोस्रो मिनेटमै विदेशी खेलाडी फोडे फोफानाको गोलमा अग्रता लएको थियो । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा वीरगञ्जले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो ।

बराबरीतर्फ उन्मुख खेलको अन्तिम मिनेटमा धनगढीका अहमद हिजाजीले गोल गर्दै टोलीलाई सानदार जित दिलाउनुभयो । पहिलो जितसँगै धनगढीले तीन अङ्क बनाएको छ । एनएसएलको नवप्रवेशी टोली विरगञ्जले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

पुस १४ गतेसम्म चल्ने एनएसएलमा नौ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । जसमा धनगढी एफसी, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, एफसी चितवन, विराटनगर सिटी एफसी, बुटवल लुम्बिनी एफसी, झापा एफसी, स्पोर्टिङ इलाम डी मेची र वीरगञ्ज युनाइटेड रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!