नियन्त्रित लागूऔषध नाईट्राभेट सहित थारु पक्राउ

कास्की, मंसिर १०, २०८०ः

पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय ७७ पिससहित पर्सा ठोरी गाउँपालिका-३ बस्ने २० वर्षीय विशाल दिसवा थारूलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले पोखरातर्फ जाँदै गरेको हाईसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!