बुटवल, मंसिर ९, २०८०ः
नेपाल पशुपन्छी औषधि बजार प्रतिनिधि संघ बुटवल शाखाको अध्यक्षमा हुमाकान्त लम्साल निर्वाचित हुनु भएको छ। संघको बुटवलमा सम्पन्न छैठौ अधिवेशन तथा बाह्रौ वार्षिक साधारणसभा बाट सर्बसम्मत रुपमा लम्साल अध्यक्षमा चयन हुनु भएको हो।
निर्वाचित कार्यसमितिको उपाध्यक्षमा बिष्णु पौडेल, सचिबमा दिपेन्द्र भन्डारी, सह सचिबमा सन्तोष श्रेष्ठ र कोषाध्यक्षमा सिजन लामिछाने निर्वाचित हुनु भएको छ।
कार्यसमितिको सदस्यहरुमा श्रीराम थारु, दिपक आचार्य, आशिस शर्मा, धिरज प्रताप सिंह र पवन ज्ञवालि निर्वाचित हुनु भएको छ।