काठमाडौं, मंसिर १०, २०८०ः
नेपाल सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले सहसचिवहरूको सरुवा गरेको हो ।
जस अनुसार अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख आनन्द काफ्ले गृह मन्त्रालय पुगेका छन् । मध्यमस्तरीय करदाता कार्यालय प्रमुख ढुण्डीप्रसाद निरौला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वाग्मतीमा सरुवा भएका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशमा सरुवा भएको छ ।
भेटेरिनरी डा. प्रेरणा सेढाई भट्टाराई भने पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय गण्डकी प्रदेशमा सरुवा भएको छ।
को कहाँ पुगे ?