सर्वाधिक पुरस्कार राशिको दोस्रो विश्व नेवाः हाजिरीजवाफ प्रतियोगिता सम्पन्न: पहिलो विजेताले प्राप्त गरे एक हजार अमेरिकी डलर पुरस्कार

काठमाडौँ ।

वल्र्ड नेवाः अर्गनाइजेसनको आयोजनामा भएको दोस्रो विश्व नेवाः हाजिरीजवाफ प्रतियोगितामा बिजेता एब सहभागिहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले बिजेताहरु तथा सहभागी टिमहरुलाई नगद तथा प्रमाणपत्र बितरण गर्नु भयो।

प्रतियोगितामा प्रथम भएका ल्वंचामरी समूहले रु एक हजार अमेरिकी डलर, दोश्रो भएका अंय्थ्यामरी समूहले आठ सय डलर, तेस्रो हुने चटामरी समूहले छ सय डलर र सान्त्वना पुरस्कार जित्ने प्यारमरी समूहले चार सय अमेरिकी डलर प्राप्त गरे।

आयोजक वल्र्ड नेवाः अर्गनाइजेसनका अनुसार नेपाल भाषामा यो सर्वाधिक पुरस्कार राशिको हाजिरी जवाफ प्रतियोगिता हो । यस प्रतियोगिताको कुल पुरस्कार राशी तीन हजार ६८० अमेरकी डलर रहेको छ । यहि भाद्र २ गते देखि चलेको प्रतियोगितामा यस वर्ष नेवार समाजमा प्रयोग हुदै आएका विभिन्न रोटीको नाम दिएर बनाइएका नेपालका १७ वटा समूह र नेपाल बाहिरबाट चार गरी २१ टिमले सहभागिता जनाएका थिए ।

समारोहलाई सम्बोधन गर्नु हुदै पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले बागमती प्रदेशले नेपाल भाषालाई राष्ट्रिय कामकाजीको भाषाको रुपमा प्रयोग हुन लागेको र त्यसका लागि चाहिने नियमावली र भाषा विकास प्रतिष्ठान बनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

यसै गरी वल्र्ड नेवाः अर्गनाइजेसन नेवाः च्याप्टरका अध्यक्ष तथा कार्यक्रमका सभापति सुरेन्द्र भक्त श्रेष्ठले अहिले नेवा समुदायका बालबालिकाले नेपाल भाषामा कुरा नगरिरहेको स्थितिमा अन्तर्राष्ट्रिय रूपमा आयोजना गरिएको यस हाजिरीजवाफमा उत्साहजनक सहभागिता रहेपछि आयोजनाको उद्देश्य सफल भएको बताउनुभयो ।

वर्ल्ड नेवाः अर्गनाइजेसन विश्वभरी छरिएर रहेका नेवाःसमुदायको छाता संगठन हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!