कबिता: छल गरेर फल खाने पत्रिका कबिः रामकृष्ण प्रजापति

छल गरेर फल खाने छलफल
चरित्रहत्या गर्ने पीतपत्रकारिता
झुठोलाई फरक पर्दैन झुठले
सत्यलाई मर्नु न बाँच्नु झुठले
बढ्दैनन् इज्जत चरित्रहत्याले
बगेको खोला फर्कन्दैन् कहिल्यै ।

धन हुँदैमा इज्जत कहाँ हुन्छ र
बेइज्जत त इज्जतलाई मात्र पर्छ
आँखा चिम्लेर नाङ्गिनेहरुलाई के पर्छ
त्यसैले, कोशिश गर्दैछु नाङ्गो मूर्ति बन्ने
ताकि लाज मलाई होइन
देख्नेलाई होस् ।

इज्जतको सत्रु त ती हुन
जसले हुन्दै नभएको कुरा गरी
अरुको बेइज्जत गर्दै हिड्छन्
पटपूर्ख ती हुन
जसले नभएको कुरा सुनेर
अरुको इज्जतमा हिलो छ्याप्छन् ।

धन कमाउन पीतपत्रकारिता गर्नेहरु
असत्य कमाउन सत्यता गिराउनेहरु
यस्तो पत्रकारिता के काम
मुख छोप्ने धोती फुस्कने
बदमासले इज्जत खोज्यो भने
बेइज्जत हुने चाहना गर्यो भन्थे ।

इमानदारीताले दिमाग
सत्यले दिल सफा गर्छ
इमानदारिता एक मंहगो चहना
जो कसैले निभाउन सक्दैन
त्यसैले, चलाखी चार दिन मात्र टिक्छ
इमानदारिता जिन्दगी भर चम्कि रहन्छ ।

पीत पत्रकारिता पटमूर्खले गर्छ
अरुको चरित्रहत्या गर्छ
पटमुर्खले बेइज्जत गर्छ
भएको इज्जत झार्छ
इमानदारले ज्ञान बाँड्छ
झर्न लागेको इज्जत थाम्छ ।

पीतपत्रकारिता पत्रकारको धर्म होइन
पत्रकारको खालि खुट्टा नै किन नहोस्
सहि बाटो हिँड्नुहोस् पैतला दुख्ला
तर मन कहिल्यै दुख्नेछैन
मिठो भन्दा साँचो बोल्नेसंग
मितले कहिल्यै इज्जत गुमाउनु पर्दैन ।
धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!