औषधि व्यवस्था विभागमा औषधि आयात र कर सम्बन्धी विषयमा विशेष छलफल

काठमाडौं ।

औषधि व्यवस्था विभाग ले भन्सार विभाग, आन्तरिक राजस्व विभाग तथा औषधि क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला निकायसँग विशेष बैठक सम्पन्न गरेको छ ।

बैठकमा औषधि उत्पादनका लागि आवश्यक कच्चा पदार्थ, प्याकेजिङ सामग्री, मेसिनरी तथा तयारी औषधिको आयातमा लाग्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कलगायत विषयमा गहन छलफल गरिएको विभागले जनाएको छ ।

छलफलमा औषधि तथा स्वास्थ्य क्षेत्रमा सहजता, पारदर्शिता, प्रभावकारी सेवा प्रवाह तथा औषधिको उपलब्धता सुनिश्चित गर्ने विषयमा विशेष जोड दिइएको थियो ।

बैठकमा नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेलवाल, निवर्तमान अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठ, उपाध्यक्ष रामचन्द्र शर्मा, महासचिव श्रीधर खनाल तथा नेपाल पशुपंक्षी औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष रितेश रिमाल, केन्द्रीय उपाध्यक्ष सुना सुवेदी बडाल र केन्द्रीय महासचिव सादुराम ढकाललगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!