दक्षिण एसियाली भारोत्तोलन महासंघको महासचिवमा रामकुमार श्रेष्ठ निर्वाचित

काठमाडौं । नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकुमार श्रेष्ठ (बोस) दक्षिण एसियाली भारोत्तोलन महासंघको महासचिवमा निर्वाचित भएका छन् । भारतको अहमदाबाद मा जेठ २९ गते सम्पन्न निर्वाचनबाट श्रेष्ठ सर्वसम्मत रूपमा महासचिव चयन भएका हुन् ।

महासंघको अध्यक्षमा भारतीय भारोत्तोलन संघका अध्यक्ष सहदेव यादव विजयी भएका छन् । प्रथम उपाध्यक्षमा माल्दिभ्स भारोत्तोलन महासंघका अध्यक्ष अब्राहिम हमिद निर्वाचित भए ।

त्यस्तै, ५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा श्रीलंका भारोत्तोलन महासंघका अध्यक्ष शंक रत्नायके विजयी भए भने सदस्यमा सहारिया सुल्ताना निर्वाचित भइन् ।

नवनिर्वाचित कार्यसमितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सविना यादव लाई नियुक्त गरेको छ । उनी भारतीय भारोत्तोलन महासंघकी सह महासचिव समेत हुन् ।

अहमदाबादमा सम्पन्न एसियाली भारोत्तोलन महासंघको साधारणसभाका क्रममा दक्षिण एसियाली भारोत्तोलन महासंघको निर्वाचन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!