बिकास निर्माण कार्यमा मध्यपुर थिमि नगरपालिकाको तिब्रता

मध्यपुर थिमि, मंसिर ३०, २०८०ः

मध्य्पुर थिमि नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र बिकास निर्माण, सम्पदा संरक्षण, जिर्णोद्वार एब पुनर्निर्माणको काम तिब्र गतिमा गरिरहेको छ। सोहि क्रममा आज शनिबार मध्यपुर थिमि नगरपालिका वडा न ४ ईनाएटोल परिसरको सुधारको लागि आर्थिक बर्ष २०८०/८१ मा नगरपालिकाबाट बिनियोजित बजेट कार्यान्वयन गर्न मिति २०८०/८/३० गते मध्यपुर थिमि नगरपालिकाको प्रमुख सुरेन्द्र श्रेष्ठ ,उपप्रमुख बिजय कृष्ण श्रेष्ठ,४ वडाका अध्यक्षको उपस्थितिमा उपभोक्ता समिती गठन गरिएको छ ।

सो योजनाबाट ईनाएटोल परिसरमा अबस्थित नारायण मन्दिर ,सत्तल ,चैत्य ,कृष्ण मन्दिर तथा चोक ब्यबस्थित गरिने छ । यो योजनाबाट मध्यपुर थिमि नगरपालिका क्षेत्रको पर्यटन बिकासमा टेवा पुग्ने बिस्वास गरिएको छ ।

PC: Bijay Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!