अण्डाको नया मूल्य निर्धारण : भोलि देखि लागू हुने

काठमाडौ , मंसिर ३०,२०८०:

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ मूल्य निर्धारण गरेको छ । संघको आज काठमाडौमा बसेको बैठकले चितवनलाई आधार मानी नया मूल्य निर्धारण गरेको हो । संघले निर्धारण गरेको नयाँ मुल्य अनुसार एक्स एल अण्डाको प्रति क्रेट रु ३८५/-, ठुलो अण्डा प्रति क्रेट रु ३७०/- र मिडियम अण्डा प्रति रु ३५५/- रहेको छ । यो मुल्य भोलि पौष १ गते देखि लागु हुने संघका सचिब मदन पोखरेलले जानकारी दिनु भयो।

बैठकले अण्डाको ओसारपसारमा प्रयोग गरिदै आएको सादा कार्टुन अबदेखी प्रयोग गर्न नपाईने निर्णय पनि गरेको छ । जस अनुसार  अब देखि सम्पुर्ण ब्यबसायीहरुले प्रिन्टेट कार्टुन मात्र प्रयोग गर्नु पर्ने छ ।

साथै आजको बैठकले पहिले प्रचलनमा रहेको ओ साईजको अण्डा ग्रेडिङ बाट हटाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!