नक्कली सवारी दर्ता किताब बनाउने दुई जना गाडीसहित पक्राउ

काठमाडौं, पुस १ गते ।

प्रहरीले नक्कली सवारी दर्ता किताब बनाउने दुई जनालाई गाडीसहित पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार लिखत किर्ते गरी दर्ता किताब लगायतका कागजातहरू तयार गरी लिखत किर्ते गर्ने कार्यमा संलग्न स्थायी घर काभ्रेपलाञ्चोक भई हाल काठमाडौँ बौद्ध बस्ने डी.बि.भन्ने दिन बहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा बस्ने ३३ वर्षीय आइतसिंह तामाङलाई पक्राउ गरिएको छ ।

उनीहरूबाट भन्सार चोरी पैठारी गरी ल्याएका विभिन्न सरकारी कार्यालयको छापहरू, विभिन्न नम्बरको सवारी दर्ता प्रमाण पत्र, ब्लुबुक र गाडीहरू बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूलाई लिखत किर्ते सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!