गुल्मीमा बोका चोर्ने दुईजना पक्राउ

तम्घास, पुस १ गते ।

गुल्मीमा बोका चोरेकाे आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ५ का ५२ वर्षीय विष्णुकुमारी जोगीको खोरबाट २२ किलोको बोका चोर्ने २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पक्राउ पर्नेमा वडा नम्वर ७ का २३ वर्षीय विरेन्द्र परियार र अर्का एक जनाको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ । उनीहरुले चोरी गरेको बोकालाई काटेर केही मासु खाएको र केही बिक्री गरेको जानकारी प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले दिनुभयो ।

उनीहरूलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी अनुसन्धान जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!