नेपाल पशुपन्क्षी औषधि व्यवसायी संघ मेची शाखाको ११ औं साधारण सभा तथा ९ औ अधिबेशन सम्पन्न : महेशलाल मेचेको नेतृत्वमा नया कार्यसमिति निर्वाचित

बिर्तामाेड , मंसिर ३, २०८०:

नेपाल पशुपन्क्षी औषधि व्यवसायी संघ मेची शाखाको ११ औं साधारण सभा तथा ९ औं अधिवेशन आज सम्पन्न भएको छ। संघका केन्द्रिय अध्यक्ष पुर्णचन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त अधिबेशनले महेशलाल मेचेको नेतृत्वमा नया जिल्ला कार्यसमिती निर्वाचित गरेको छ ।

नबनिर्वाचित शाखा कार्यसमितिको उपाध्यक्षमा डेनु मगर, दिनेश चन्द्र मगर र भुवन सिंह कार्की निर्वाचित हुनु भएको छ ।

त्यसैगरी सचिबमा खगेन्द्र रिजाल, सह सचिबमा लक्ष्मी सापकोटा  र  कोषाध्यक्षमा दधिराम आचार्य निर्वाचित हुनु भएको छ। त्यसैगरी सदस्यहरुमा बिष्णु घिमिरे, नारायण बराल, दौलत(रबिन) गिरि र राम कुमार गिरि निर्वाचित भएका छन।

उक्त साधारण सभालाई प्रमुख अतिथि एब संघका केन्द्रिय अध्यक्ष  पुर्णचन्द्र सापकोटा, केन्द्रीय बरिष्ठ उपाध्यक्ष रितेश रिमाल, उपाध्यक्ष धन अधिकारी पाण्डे,  केन्दिय महासचिव नारायण भुजेल, केन्द्रिय सचिव दिनेश कट्टेल, केन्द्रिय कोषाध्यक्ष सुना सुवेदी बडाल एब केन्द्रिय सदस्य केशब शर्मा लगायतले सभाको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!