प्रधानमन्त्री प्रचण्डद्वारा मध्यपुर थिमिका स्थानिय नेता कार्यकर्तासंग भेटघाट : समृद्द मध्यपुर बनाउने अभियानमा सदैब सहयोग रहने प्रधानमन्त्रीको प्रतिबद्दता

मध्यपुर थिमि, पौष ४, २०८०ः

रत्न काजि प्रजापति

प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा आज मध्यपुर थिमि नगरका पार्टीका नेता कार्यकर्ताहरु संग भेटघाट गर्नु भएको छ। मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख तथा नेकपा माओबादी केन्द्र मध्यपुर थिमि नगर समितिका अध्यक्ष बिजय कृष्ण श्रेष्ठको निजी निबासमा प्रधानमन्त्री प्रचण्डले बिशेष समय दिएर नगरका स्थानिय कार्यकर्ताहरु संग भेटघाट गर्नु भएको हो।

प्रधानमन्त्रीका निजी सचिब गंगा दाहाल समेतको उपस्थिति रहेको उक्त भेटघाटका क्रममा पार्टीका नगर अध्यक्ष समेत रहनु भएका नगर उपप्रमुख बिजय कृष्ण श्रेष्ठले आफुले मध्यपुर थिमिलाई समृद्द र सुखी बनाउन चालेका बिबिध गतिबिधिहरुको बारेमा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराउनु भयो। उपप्रमुख श्रेष्ठले स्थानिय निर्वाचनमा पार्टीले अघि सारेको शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटन सम्बन्धि चुनाबी प्रतिबद्द्ता अनुरुप आफुले काम गर्दै गरेको बताउदै आफुले नगरलाई समृद्द र सुखी बनाउन कुनै कसर बाकि नराख्ने बताउनु भयो।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले मध्यपुरको बिकासको लागि आबश्यक सम्पुर्ण सहयोग गर्न आफु तयार रहेको बताउनु भयो। मध्यपुर थिमिका पार्टीका स्थानिय नेता कार्यकर्ताहरुमा देखिएको उत्साह र हौसलाको तारिफ गर्नु हुदै प्रचण्डले उपस्थित सम्पुर्ण कार्यकर्ताहरुसंग अन्तर्क्रिया गर्नु भएको थियो।

उक्त भेटघाटका मध्यपुर थिमिका निकै लोकप्रिय नेता तथा पार्टीका केन्द्रिय सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठ, पार्टीका नगर समितिका उपाध्यक्ष बिकेश श्रेष्ठ, सचिब शिब सुन्दर श्रेष्ठ, सहसचिब कृष्णमान प्रजापति, कोषाध्यक्ष जगतमाया प्रजापति, अखिल नेपाल महिला संघ क्रान्तिकारी मध्यपुर थिमि नगर समितिका अध्यक्ष रत्न केशरी प्रजापति, मध्यपुर थिमि नगरपालिका वडा न ६ का नगर सदस्य तुल्सिराम प्रजापति तथा वाईसियलका नगर पदाधिकारीहरु तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

फोटो फिचरः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!