मंसिर ४, २०८०:
नेपाल पशुपन्क्षी औषधि व्यवसायी संघ कोशी प्रदेश कार्यसमितिको सातौ बार्षिक साधारण सभा तथा चौथौ प्रदेशअधिबेशन सम्पन्न भएको छ। संघका केन्द्रिय अध्यक्ष पुर्णचन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त अधिबेशनले दिलकुमार लामिछानेको नेतृत्वमा नया प्रदेश कार्यसमिती निर्वाचित गरेको छ ।

नबनिर्वाचित प्रदेश कार्यसमितिको उपाध्यक्षमा सन्तोष भट्टराई, श्याम बहादुर निरौला र पुष्प दाहाल निर्वाचित हुनु भएको छ ।
त्यसैगरी सचिबमा सुभाष चन्द्र गर्तौला ,सह सचिबमा दिपक रिजाल र कोषाध्यक्षमा राम बहादुर.श्रेष्ठ निर्वाचित हुनु भएको छ। त्यसैगरी सदस्यहरुमा बिमल ढकाल, जिबन भट्टराई, अनुप कुमार दास, शुभद्रा मिश्र र रेवती रमण लुइटेल निर्वाचित भएका छन।


उक्त साधारण सभालाई प्रमुख अतिथि एब संघका केन्द्रिय अध्यक्ष पुर्णचन्द्र सापकोटा,पुर्न केन्द्रिय अध्यक्ष हेम्राज बडाल ऋषि, केन्द्रीय बरिष्ठ उपाध्यक्ष रितेश रिमाल, उपाध्यक्ष धन अधिकारी पाण्डे, केन्दिय महासचिव नारायण भुजेल, केन्द्रिय सचिव दिनेश कट्टेल, केन्द्रिय कोषाध्यक्ष सुना सुवेदी बडाल एब केन्द्रिय सदस्य केशब शर्मा लगायतले सभाको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
