काठमाडौं, पुष ४, २०८०ः
नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४ औं अधिवेशन नजिक आउँदै जाँदा बिभिन्न पदमा नया नया उम्मेद्वारी घोषणा भइरहेका छन्। यसैबिच संघका बागमति शाखाका निवर्तमान अध्यक्ष रत्नकुमार बडालले पनि केन्द्रीय सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। हालै बागमति शाखाले आयोजना गरेको प्रतिनिधि छनौट कार्यक्रममा आफ्नो मन्तव्य राख्नेक्रममा विगतमा प्राप्त जिम्मेवारी र गरेका महत्वपूर्ण कामको फेहरिस्त प्रस्तुत गर्दै ९ बुँदे भावी एजेन्डा समेत प्रस्तुत गरेका छन्।
२०६८ सालमा बादल भेट डिस्ट्रिव्यूटर्सको प्रोप्राइटरका रूपमा साधारण सदस्य भइ संघमा प्रवेश गरेका बडालले संघका हरेक सभा, सम्मेलन, अधिवेशनहरूमा सक्रिय सहभागिता जनाउँदै सदस्यता नविकरण र डोनेशन दिंदै आएको बताउँदै २०७४ सालको वागमति शाखा अधिवेशनबाट उपाध्यक्ष पदमा र २०७६ सालमा अध्यक्ष र हाल निवर्तमान अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका छन्।
सहजबाटो हुँदा हुँदै पनि चुनावको जोखिम मोलेरै केन्द्रीय सदस्य लड्न लागेको बताउँने बडालले आफ्नो रहर भन्दा पनि बागमति शाखाकै साथीहरू र केन्द्रीय नेतृत्वका केहि साथिहरू र पूर्व अध्यक्षहरूले केन्द्रमा नै आउँन सुझाएकाले आफूले चुनौती स्वीकार गरेर अफ्ठेरो बाटो हिडेको बताएका छन्।
२०७८ सालमा संघको बागमति शाखालाइ उधोग बाणिज्य संघ, काठमाडौंमा आवध्द गराएको, भेकडान छात्रवृति कोष २०७८ को स्थापना गरेको, उक्त छात्रवृति कोष संचालनका लागि भेकडान छात्रवृति कोष सञ्चालन नियमावलि २०७८ पारित गरेको, देशभरका सदस्यहरूको योगदानबाट २० लाखको मूलपूँजि संकलन भएको र बार्षिक २ लाख वरावरको धनराशी छात्रवृतिमा वितरण गर्न सकिने अवस्था निर्माण भएको विषयलाइ मुख्य उपलब्धिको रूपमा व्याख्या गरेका छन्।
त्यस बाहेक केन्द्र तथा वागमति प्रदेशको कार्यसम्पादन मूल्यांकनका सवै मापदण्डहरूमा अब्बल देखिएपछि नेपाल पशुपन्छी औषधि व्यवसायी संघको भैरहवामा सम्पन्न १३ औं केन्द्रीय अधिवेशनबाट साथै बागमति प्रदेश समितिको तेश्रो अधिवेशन, चितवनबाट गरि २ पटक उत्कृष्ट शाखाको अवार्ड तथा कदरपत्र समेत प्रदान गरेको थियो।
एनसिडिए जस्तै गरी भेकडानबाट समेत औषधि सल्लाहकार समितिमा प्रतिनिधित्व हुने गरी दवाव सिर्जना गर्नुपर्ने र इसेन्सिएल ड्रग लिस्टमा भेटेरिनरी उत्पादनहरू समावेश गरिनुपर्ने माग बडालले नै पहिलो पटक उठाएको मात्र नभइ पूर्व अध्यक्षहरूले यस विषयमा ध्यान नदिएको भन्दै तिनको तीब्र आलोचना समेत गरेका थिए। डिडिएमा पसल नविकरण अनलाइन बाट हुने व्यवस्थाका लागि भावी अध्यक्षले निरन्तर पहल हुनुपर्ने लगायतका ९ बुँदै चुनावी एजेन्डा पेश गरेका थिए।
सामाजिक सञ्जाल मार्फत एक एक गर्दै बडालले आफ्नो कार्यकालमा भएका उपलब्धीहरू गिनाउँदै बलियो एजेन्डा समेत राखेर प्रचार गर्न थालेपछि लहडमा उम्मेद्वारी दिएका र दिन तम्सिएकाहरू हच्किएका छन्। बडाल संघमा भिजेनरी, कुशल वक्ता, लेखक र क्याम्पेनरका रूपमा चिनिन्छन्।