बनेपा, काभ्रे, पुष ५, २०८०ः
नेपाल पशुपन्क्षी अैाषधी व्यवसायी संघ, काभ्रे पुर्ब शाखाको चाैथाे अधिवेशन तथा छैठौ साधारण सभा सम्पन्न भएको छ।
संघका केन्द्रिय अध्यक्ष पुर्णचन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा काभ्रेको बनेपामा सम्पन्न भएको संघको अधिबेशनले टंक कुमार श्रेष्ठको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ।
नबनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा बेल बहदुर महत, हरि कृष्ण मानन्धर र अमृत थापा निर्वाचित भएको छ। त्यसैगरी सचिबमा राजेश मानन्धर, सहसचिबमा बिजय अधिकारी र कोषाध्यक्षमा पवन केसी निर्वाचित भएको छ।
कार्यसमितिको सदस्यहरुमा माया श्रेष्ठ, सुदीप धीताल, सुमन चौलागाइ, भीम न्यौपाने र बासु कुमार थापा चयन भएका छन।
