मैले हाम्रा सदस्य र ब्यबसायीको हकको निम्ति जुन भुमिका खेलें, त्यो नै मेरो जितको आधार हो ।” : दिनेश कट्टेल

नेपाल पशुपन्क्षी औषधी ब्यबसायी संघको केन्द्रिय महाधिबेशनको मिति नजिकिदै गर्दा चुनाबि माहोल पनि तातिदै गएको छ। संघका जिल्ला शाखा एब प्रदेश कार्यसमितिहरुका अधिबेशनहरु पनि घमाघम हुदै गरेको छ। यहि दौरानमा संघको केन्द्रिय महाधिबेशनमा उम्मेदवारी घोषणा गर्ने क्रम पनि जारी छ। बर्तमान केन्द्रिय कार्यसमितिका सचिब दिनेश कट्टेलले पनि संघको आसन्न केन्द्रोय महाधिबेशनमा उपाध्यक्ष (आयात) पदमा आफ्नो उ्म्मेदवारी घोषणा गर्नु भएको छ। संघको चितवन जिल्ला शाखाको पुर्ब अध्यक्ष समेत भैसक्नु भएका जुझा्रु ब्यक्तित्व सुर्या भेटेरिनरीका संचालक कट्टेलसंग चुनाबी सेरोफेरोमा रहेर गरेको कुराकानीको सारसंक्षेपः

प्रश्नः तपाईको उम्मेदवारी कुन पदमा हुनेछ?

उतर ः मेरो उम्मेद्बारी उपाध्यक्ष (आयात) तर्फ रहनेछ ।

प्रश्न ः ब्यबसायी बर्गको हितको लागी तपाईं संग ठोस कार्ययोजना के छ?

उतरः देश भरका साथीहरूको लागि जहाँ समस्या पर्छ, त्यहीँ पुगेर समाधान गरेको अनुभव छ । फेरि पनि त्यसरी नै तयारी छु । सरकारी निकाय संग ब्यबसायीका समस्या समाधान गर्ने बिषयमा पहलकदमी लिई आएकै हो । फेरि पनि अगाडि बड्ने नै छु । मेरो मुख्य योजना भनेकै हाम्रा सदस्यहरुलाई आईपर्ने समस्या को समाधान गर्नु हो ।

प्रश्नः औषधि आयात तर्फ ब्यबसायीले भोग्नु परेका समस्याहरुको समाधानको उपाय के होला ?

उतरः ब्याबसायी सानो होस या ठूलो, कडा मेहनतले आफुले आयात गरेको औषधि बजारमा स्थापीत गरेको हुन्छ । बिना NOC कम्पनी अर्कैले लगिंदिंदा त्यो पुरानो साथीलाई कत्तिको मार पर्छ भन्ने हामीले बुझ्नु्पर्छ। मैले मात्र कमाउनु पर्छ भन्ने धारणा हुनु भएन , जति कमाए पनि आखिर जाने आर्यघाट नै हो । बिना NOC एउटाले ल्याएको कम्पनी अर्कोले लाने काम बन्द गर्न अगाडि बदनेछु । गुणस्तरमा कुनै सम्झौता गर्नु हुंदैन । दर्ता , MRP लगायतका बिषयमा पनि दुबै बिभाग संग को समन्वयमा आईपरेको समस्या हामी हल गर्न सक्छौ ।

प्रश्नः चुनाब जितिसके पछि अधिकांश बैठकमा सहभागी नभई कार्यकाल सकाउने साथीहरु प्रती तपाइको भनाई के छ?

उतरः संस्थालाई समय दिन नसक्ने साथीहरू ले बिचार गर्नुपर्छ भन्ने हो ।

प्रश्नः तपाईको जितको आधार के हो?

उतर ः मैले चितवन शाखाको अध्यक्ष र केन्द्रिय कमिटीको सचिब हुंदा हाम्रा सदस्य र ब्याबसायीको हक को निम्ति जुन भुमिका खेलें त्यो नै मेरो जितको आधार हो । देश भरी बाट हाम्रा सदस्य हरुको सबैजसो समस्या समाधान गर्न मैले हर सम्भब प्रयास गरें । जुन कुरा हाम्रा ब्याबसायीहरुलाई राम्रो संग थाहा छ ।

प्रश्नः अन्तमा यो चुनाबको पुर्ब सन्ध्यामा ब्यबसायी मित्रहरुलाई के भन्न चाहनु हुन्छ?

उतरः आसन्न संघको चितवनमा हुन गैरहेको महाधिबेशनमा यहाहरुले आफ्नो अमुल्य मत दिई मलाई बिजयी गराउन हुन अनुरोध गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!