नेपाल पशुपन्क्षी औषधी ब्यबसायी संघको केन्द्रिय महाधिबेशन यहि पुस २४ र २५ गते चितवन जिल्लाको भरतपुरमा हुन गैरहेको छ। अधिबेशनको मिति जति नजिकिदै छ, त्यति नै चुनाबी सरगर्मि पनि बददै गएको छ। संघका जिल्ला शाखा एब प्रदेश कार्यसमितिहरुका अधिबेशनहरु पनि घमाघम भैरहेको छ। यहि दौरानमा संघको केन्द्रिय महाधिबेशनमा उम्मेदवारी घोषणा गर्ने क्रम पनि जारी छ। बर्तमान केन्द्रिय कार्यसमितिका सदस्य हुमाकान्त काफ्लेले पनि संघको आसन्न केन्द्रोय महाधिबेशनमा केन्द्रिय महासचिब पदमा आफ्नो उ्म्मेदवारी घोषणा गर्नु भएको छ।
२०६२ साल देखि निरन्तर रुपमा संघका हरेक गतिबिधिहरुमा सक्रिय रुपमा सहभागी हुदै आएका महासचिबका उम्मेदवार काफ्लेले पटक पटक अञ्चल अध्यक्षका रुपमा काम गरी सक्नु भएको छ। ब्यबसायी माझ स्पष्ट बक्ता, बौद्दिक ब्यक्तित्व अनि ईमान्दार ब्यबसायीको छबि बनाएका काफ्लेले अंचल अध्यक्ष हुदा देखि अहिले केन्द्रिय समितिमा रहि कार्य गरेको अनुभबलाई ब्यबहारमा उतार्ने बताउनु भयो। तिनै ब्यक्तित्व हुमाकान्त काफ्ले संग चुनाबी सेरोफेरोमा रहेर नौलोआयाम डटकमका सम्पादक रत्नकाजि प्रजापतिले गरेको कुराकानीको सारसंक्षेपः
प्रश्नः तपाईको उम्मेदवारी किन र के को लागि?
जवाफः ब्यबसाय र ब्यबसायीका समस्या पहिचान र समाधान गर्न पहलका निमित्त मेरो उम्मेदवारी हुनेछ। मेरो उम्मेदवारी संघको केन्द्रिय महासचिब पदमा हुनेछ।
प्रश्नः तपाईको बिचारमा भेटेरिनरी औषधि ब्यबसायमा के कस्ता समस्या र चुनौतीहरु छन?
जवाफः भेटेरिनरी औषधि ब्यबसायमा देखिएका र रहेका मुख्य समस्याहरु भनेको खुल्ला सिमाना, अबैध आयात र ब्याबसायिक उधारोको सिमा नहुनु नै हो।
प्रश्नः ती समस्याहरुलाई कसरी समाधान गर्ने योजना छ?
जवाफः सम्बन्धित बिभाग र ब्यबसायी् बिच असल सम्बन्धका साथ अन्तर्क्रिया गरेर समस्याको समाधान गर्न सकिन्छ।
प्रश्नः बिना दर्ताका औषधि, खुल्ला सिमाका कारण देखिएका ब्यबसायिक समस्याहरु अनि ब्यबसायमा देखिएका अस्वस्थ प्रतिस्पर्धाको बारेमा तपाइको के भनाई छ?
जवाफः अस्वस्थ प्रतिस्पर्धा कतै देखिएको छ भने यसमा आफै स्वभावतः परिबर्तन हुनुपर्छ ।अत्यावश्यक औषधिहरु सहज उपलब्ध गराउने जिम्मेवारी राज्यको भएको हुदा खुल्ला सिमाना देखी आयात हुने बस्तुको निगरानी गर्न ब्यबसायीबाट सम्भावना कम छ। राज्यलाइ घच्घच्याउने जिम्मेवारी हाम्रो रहन्छ।
प्रश्नः संघ नेपाल भरीका ब्यबसायीहरुको छाता संगठन हुनु पर्नेमा त्यसो हुन नसकेको भन्ने ब्यबसायीको आरोप छ । तपाइको भनाई के छ?
जवाफः हाम्रो चेतना र सोच ब्यक्तिगत नभई ब्यबसायिक एंब सांगठनिक भयो भने संघ सबैको छाता संगठन बन्दछ।
प्रश्नः अझ भनौ संघमा उपत्यका बाहिरका ब्यबसायी आउनु ब्यबहारिक रुपमा हुदैन भन्ने एउटा मानसिकता छ । त्यसलाई कसरी चिर्नु हुन्छ?
जवाफः नेपालभित्र रहि ब्यबसाय गर्ने हरेक सदस्यहरुको बराबरी जिम्मेवारी हुने हुदा केन्द्रिय समिति कुनै निश्चित भूगोलको मात्रै हुनै सक्दैन।हाम्रो संगठनको बिधानमा पनि छैन।पुर्ब देखि पश्चिम सम्मका सबै अब्बल हुन्छन भन्ने सोच्नुपर्छ।।
प्रश्नः तपाइको जितको आधार के हो?
जवाफः मेरो जितको आधार भनेको मेरो ईमानदारिता र मित्रता नै हो।।
प्रश्नः अन्तमा ब्यबसायी मित्रहरुलाई के भन्न चाहनु हुन्छ?
जवाफः अन्त्यमा चितवनमा हुन गैरहेको आसन्न महाधिवेशनमा योग्य, जुझारु केन्द्रिय कार्यसमिति निर्माणका निमित्त सबैमा हार्दिक अनुरोध गर्दछु। जय पशुधन।।।
